तत्काल
राजनीतिसमाचार

विप्लवले पार्टीको नाम फेरेः स्थानीय तहको निर्वाचन बिथोल्ने

काठमाडौं । विप्लवले आठौं महाधिवेशनबाट नेकपा माओवादीको नाम परिवर्तन गरेर नेपाल कम्न्युष्ट पार्टी राखेका छन् । उनले  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका अन्य नेताहरुले माओवादको धज्जी उडाएको कारण नाम परिवर्तन गरिएको जनाइए । माओवादको आचरण नभएका तर पार्टीको पछाडी माओवादी जोडिएकाले माओवादी राख्न उचित नदेखिएको बताए ।

काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा विप्लवले आउँदो बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको निर्वाचन विथोल्ने चेतावनी दिएका छन् । उनले भने हामी निर्वाचन बहिस्कार गर्छौ । त्यतिबेला हामीमाथि दमन भए प्रतिवाद गर्छौ । त्यसको क्षति र मूल्य महंगो हुने बताए । उनले बर्तमान संसदीय व्यवस्था असफल भएकाले नयाँ व्यवस्था लागू गर्नु पर्ने बताए ।