तत्काल
अन्तर्राष्ट्रियसमाचार

बुर्किना फासोमा आतंककारी हमालमा परी १७ जनाको मृत्यु

एजेन्सी ।  क्वागादोगुमा रहेको एक रेष्टुराँ बाहिर बुर्किना फासोमा भएको एक आतंककारी आक्रमणमा १७ जनाको मृत्यु भएको छ । उक्त रेष्टुरेष्ट बाहिर ३ जना बन्दुकधारीले अन्धाधुन्द गोली चलाएका थिए । जसको कारण मृत्यु हुनेको संख्या बढेको हो । कम्तिमा पनि एक दर्जन भन्दा बढी गम्भिर घाइते भएको जनाइएको छ ।

उक्त घटनामा मारिनेमा एक जना टर्किस नागरिक रहेको खुलासा भए पनि अन्य नागरिकको पहिचान खुल्न सकेको छैन । बन्दुकधारीहरु पनि जवाफी कारबाहीमा मारिएका छन् । रेष्टुराँमा अझै केही फसिरहेको अनुमान गरिएको छ ।

बुर्किना फासोमा नै गत वर्षको जनवरीमा क्याफे बाहिर जिहाद समूहले गरेको आक्रमणमा ३० जना मारिएका थिए । बुर्किना फासोमा सन् २०१२ देखि आतंकवादी समूह आइएस सक्रिय रहेको बताइएको छ ।
फोटो एजेन्सी