विचार मञ्च

महाभारत: कुरुयुद्ध कि विश्वयुद्ध

महाभारत’ नामले प्रख्यात रहेको महायुद्धमा पाण्डवपक्षबाट सात अक्षौहिणी र कौरवपक्षबाट एघार अक्षौहिणी गरी जम्मा अठार अक्षौहिणी सेनाले प्रत्यक्ष युद्धमा भाग लिएको उल्लेखित छ । महषिर् व्यासको महाकाव्य महाभारतको आदिपर्व २।२३-२६मा बताइएअनुसार एक अक्षौहिणी सैन्यबलमा २१८७० (एक्काइसहजार आठसय सत्तरी) ओटा रथ, उत्तिनै संख्यामा हात्ति, ६५६१० (पैंसठ्ठीहजार छसय दस) ओटा घोडा र १०९३५० (एकलाख नौहजार तीनसय पचास) जना पैदल सैनिक हुन्छन् । यहीनेर ध्यान पुर्याउनुपर्ने कुरा केछभने एउटा हात्तिमा एकजना माहुते र एकजना योद्धा गरी कम्तीमा दुईजना सवार हुन्छन्, त्यसरीनै एउटा रथमापनि एकजना सारथी र एकजना योद्धा समेत कम्तीमापनि दुईजना सवार हुन्छन् । कहिलेकाहि हात्ती तथा रथमा सवार हुनेहरूको संख्या दुईजनाभन्दा बढी हुनपनि सक्छ । यस हिसाबबाट एक अक्षौहिणी सैन्यबलमा रथमा बसेका कम्तीमापनि त्रिचालिसहजार सातसय चालिस व्यक्तिहरू, हात्तीमा सवार रहेका कम्तीमापनि त्रिचालिस हजार सातसय चालिस व्यक्तिहरू, घोडचढी सेना पैंसठ्ठीहजार छसय दस व्यक्तिहरू र पैदलयोद्धा एकलाख नौहजार तीनसय पचास व्यक्तिहरू समेत जम्माजम्मी २६२४४० (दुईलाख बैसठ्ठीहजार चारसय चालीस) जना मानिसहरू संलग्न हुने देखिन्छ ।

महाभारतमा उल्लेखित भएअनुसार कौरवपक्षमा एघार अक्षौहिणी सैन्यबल रहेको मान्दाखेरीमा उनीहरूका पक्षबाट लड्ने योद्धाहरूको कूल संख्या २८८६८४० (अठ्ठाइसलाख छयासीहजार आठसय चालीस) रहेको देखिन्छ । यसरीनै पाण्डवपक्षबाट युद्धमा सामेल सात अक्षौहिणी सैन्यबलमा योद्धाहरूको कूल संख्या १८३७०८० (अठारलाख सैंतिसहजार असी) रहेको देखिन्छ । तर्सथ, उक्त महायुद्धमा दुबैपक्षबाट गरी ४७२३९२० (सत्चालिसलाख तेइसहजार नौसय बीस) जना योद्धाहरू सामेल रहेको आ“कडा आउ“छ । तर यो न्यूनतम आ“कडा हो । अनि यो संख्या प्रत्यक्ष्ँतः युद्ध मैदानमानै उत्रने व्यक्तिहरूको हो ।

मान्छेका साथसाथै त्यस महायुद्धमा ठूलो संख्यामा हात्ती तथा घोडाको प्रयोग भएको थियो । त्यसको न्यूनतम आ“कडामात्रै निकाल्ने होभनेपनि अठार अक्षौहिणी सैन्यबलकालागि ३९३६६० (तीनलाख त्रियानब्बेहजार छसय साठी) ओटा हात्तीहरू चाहिने हुन्छ । उता, घोडाको संख्याचाहि“ योभन्दा कताहोकता बढी हुनआउ“छ । एक त, घोडचढी सेनाकालागि मात्रैपनि अठार अक्षौहिणी सैन्यबलमा ११८०९८० (एघारलाख असीहजार नौसय असी) ओटा घोडाहरू रहेका हुन्छन् । त्यो संख्यामा अब रथ तान्ने घोडाहरूको संख्या जोड्न बा“की छ ।

जस्तोकि हामीलाई थाहा छ, एक अक्षौहिणी सेनामा एक्काइसहजार आठसय सत्तरी ओटा रथहरू हुनेहुँदा यस हिसाबले अठार अक्षौहिणी सैन्यबलमा तीनलाख त्रियानब्बेहजार छसय साठी ओटा रथहरू हुनुपर्दछ । एउटा रथमा चारओटा घोडाहरू जोतिनेहु“दा सबै रथ तान्नकालागि प्रयोग गरिने घोडाहरूको संख्या १५७४६४० (पन्ध्रलाख चौहत्तरहजार छसय चालीस) ओटा रहेको देखिन्छ । यसरी उक्त महायुद्धमा कम्तीमापनि २७५५६२० (सत्ताइसलाख पचपन्नहजार छसय बीस) ओटा घोडाहरू सामेल गराइएका हुनुपर्दछ ।

अब हामी विचार गरौं, तीनलाख त्रियानब्बेहजार छसय साठी ओटा हात्तीहरू र सत्ताइसलाख पचपन्नहजार छसय बीस ओटा घोडाहरूको हेरचाह गर्न कति मान्छेहरू खटिनु परेको हुँदोहो – उता सत्चालीसलाख तेइसहजार नौसय बीस जना योद्धाहरूलाई आवश्यक पर्ने रसद-पानी देखिलिएर युद्ध-सामग्री सम्मको व्यवस्था मिलाउन कति संख्यामा परिचारक व्यक्तिहरू चाहिए होलान् – यसरी विचार गरिहेर्दा युद्ध-मैदानमानै सक्रिय व्यक्तिहरूको संख्यालेनै करोडको आ“कडा नाघ्दछ ।

महाभारतकालीन समाजमा नारी-योद्धाहरू नरहेका होइनन् तापनि त्यही महायुद्धमाचाहि“ नारी-योद्धाहरूले भाग लिएको देखिदैन । बरु, उपलब्ध तथ्यअनुसार उक्त युद्धमा युद्धरत सबै व्यक्तिहरू पुरुष नै रहेको देखिन्छ । एक पुरुषले एकभन्दा बढी संख्यामा विवाह गर्ने समेत प्रचलन रहेको कुरालाई ध्यानमा राख्दा र तिन्का बालबच्चाको संख्यातर्फनि ध्यान पुर्याउ“दा यदि युद्ध तथा त्यसस“ग सम्बन्धित कार्यमा जम्मा एककरोड पुरुषहरूमात्र सक्रिय रहेको मान्ने होभनेपनि युद्धका कारण प्रभावित जनसंख्याको आ“कडा धेरै करोड पुग्ने स्पष्टै छ ।

महाभारत युद्ध कुन ठाउ“मा भएको थियो भन्नेबारेमा व्यासजीको महाकाव्यमा त्यो युद्ध कुरुक्षेत्र नामक भू-भागमा लडिएको बताइएको छ । कुरुक्षेत्र नामको जुन भू-भाग अहिले अस्तित्वमा रहेको छ (त्यसलाई हेर्दा त्यत्तिका सैनिक र तिन्कासाथै हात्ती, घोडा, रथहरू यति सीमित भू-भागमा अटाउने देखिदैन । अटाएर दोहोरो लडाइ“ गर्न जति जमिन चाहिन्छ त्यसको हिसाबबाट अहिले कुरुक्षेत्र भनिइने जमिन निक्कैनै कम देखिन्छ । यही कुराको आधारमा कसै-कसैले “लौ …… महाभारत युद्ध भएकै थिएन, त्यो त एउटा मिथक् मात्र हो ….” आदि-इत्यादि भन्नपनि बेर नलगाएको समेत देखिएको छ । तर ‘महाभारत’ नामाकरण गरिएको उक्त महायुद्ध भएकै थियो भन्ने तथ्यलाई प्रमाणित गर्ने धेरैवटा प्रमाणहरू पत्ता लागिसकेकाहु“दा अब आएर सो युद्ध भएको थियो वा थिएन भनेर माथापच्ची गरिरहनु त र्व्यर्थको बुद्धि(विलास हो । हो, कुरुक्षेत्रबारेको कुरालाईचाहि“ विज्ञान-सम्मत दृष्टिले विवेचना गरी सत्य तथ्य प्रष्ट पार्नैपर्दछ ।

अध्ययनबाट के देखिन्छभने, महाभारतयुद्ध-पुर्वको विश्वसमुदाय दुई धुरीमा बा“डिई दुईओटा अन्तर्राष्ट्रिय सैन्यगुट बनेका थिए । कतिपय राज्यहरू गुट-निरपेक्ष पनि रहेका थिए (उदाहरणार्थ महाभारतको लडाइ“ मच्चिँदा बलराम र उनका सेनाहरू तटस्थ बसेका थिए । आपसी शत्रुता भएका पाण्डव-कौरवको अग्रसरतामा ती सैन्यगुटहरू बनेकाहु“दा जसै कौरव(पाण्डवबीचमा तनाव बढ्थ्यो तब ती दुई गुटका सहभागी राज्यहरूबीचमापनि स्वाभाविक रुपले तनाव बढ्थ्यो ।

पाण्डवपक्ष संलग्न रहेको अन्तर-राज्यीय सैन्यगुटको सैन्यबलमा जम्मा सात अक्षौहिणी सैन्यशक्ति रहेको र कौरवपक्ष संलग्न रहेको अन्तर-राज्यीय सैन्यगुटको सैन्यबलमा जम्मा एघार अक्षौहिणी सैन्यशक्ति रहेको त स्पष्टै छ । युद्ध शुरु हुदा त्यसको निहु“ कौरव(पाण्डवबीचको दुस्मनी रहेतापनि शनैःशनैः अरु राज्यहरूपनि युद्धमा तानिए । गत शताब्दीमा भएका दुई विश्वयुद्ध शुरु हुदाखेरीमापनि एक्कैचोटी विश्वव्यापी स्तरको नरहेको, तर पछिचाहि“ विभिन्न राज्यहरू युद्धमा तानि“दै गएर युद्धले विश्वयुद्धको रुप लिएको उदाहरणतर्फध्यान दिने होभने कुरा अझ राम्ररी र्छलङ्ग हुनआउछ ।

अ त, माथि भनिएझैंनै युद्ध शुरु हु“दा त्यसको निहु कौरव(पाण्डवबीचको दुस्मनी रहेतापनि शनैःशनैः अरु राज्यहरूपनि युद्धमा तानिए । यसरी युद्ध कौरव(पाण्डवकोमात्र नरही दुई अन्तर्राष्ट्रिय सैन्यगुटहरूको महायुद्ध बन्न पुग्यो । त्यसोहुदा युद्ध कुरुक्षेत्र वा कुनै स्थानविशेषमा मात्र सीमित नरहेर धेरै विस्तारित भू-भागमा लडिएको थियो । परन्तु, मूल झगडिया पाण्डव-कौरवको आमुन्ने-सामुन्ने लडाइ कुरुक्षेत्रमा भएको र युद्धको जीत-हारको फैसलापनि त्यही“ भएकोहु“दा व्यासले काव्यिक-प्रस्तुतिकरणमा युद्ध कुरुक्षेत्रमा भएको उल्लेखित गर्नु स्वाभाविक हो । विज्ञानसम्मत कुरा यही देखिन्छकि महाभारतको युद्ध विश्वव्यापी स्तरमा अनेकौं भू-भागमा लडिएको थियो, परन्तु त्यस महायुद्धको मूलथलो कुरुक्षेत्र भएकाले त्यसलाई ‘कुरुक्षेत्रको युद्ध’ पनि भनिएको हो । अस्तु ।