Uncategorized

आंशिकको माग अझै सम्बोधन भएन, अनशनकारीको अवस्था झनै नाजूक बन्दै


काठमाडौँ ।

विभिन्न माग राखेर आमरण अनशनमा बसेका नेपालका आंशिक प्राध्यापक संघका अध्यक्ष डा. महेश कुमार गजुरेलको अवस्था झनै नाजुक बनेको छ ।

डा. गजुरेल असोज ११ गतेदेखि आमरण अनशनमा बसेका छन् । गजुरेलको रक्तचापमा समस्या देखिएको छ । केहि दिनदेखि मुटुको चाल बढी भएको, महत्वपूर्ण अंगहरु दिनप्रतिदिन शिथिल हुँदै गएको, मृगौलामा थप समस्या देखिएको र सुगरको मात्रा अत्यन्त्यै कम हुँदै गएको चिकित्सकले बताएका छन् ।

अनशनकारीको अवस्था जटिल बन्दैजाँदा डा. गजुरेलको जीवनरक्षाको लागि विभिन्न संस्था एवम् प्रधानमन्त्री चिन्तित् बनेपनि समस्याको समाधान भएको छैन । शुक्रबार आमरण अनशन १० दिन पुग्दा परिवार लगायत संघमा चिन्ता बढेको छ । उनीहरुले देशमा जीवन र न्याय हराएको भन्दै डा. गजुरेलको जीवन रक्षाको लागि समस्याको चाँडो समाधान दिनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *