रुपन्देही। सिके राउतका कार्यकर्ताले आइतवार बडवलियामा रहेको प्रहरी चौकीमा ढुगांमुढा गरेका छन् । उनीहरुले प्रहरी कार्यालयमा आक्रमण गरेपछि स्थिति तानवगैसत बनेको छ । उनीहरुको प्रर्दशन उग्र बनेपछि प्रहरीले बल प्रयोग गरेको प्रहरीले जनाएको छ । शनिवार प्रहरीले राउतका आठ जना कार्यकर्तालाई पक्राउ गरेको छ
उनीहरुले पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग प्रदर्शन गरेपछि मर्चवार क्षेत्र तनावग्रस्त बनेको हो । अवस्थामा विग्रिदै गएपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर र पाँच राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ ।
राउतका कार्यकर्ताले प्रहरीको एउटा हतियार समेत लुटेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए । झडपमा ३ प्रहरी घाइते भएका छन् ।
फोटो : फेसबुकबाट सभार