अमेरिका चीनबीच युद्धको खतराः दक्षिण समुन्द्रको विवाद चुलियो

आजभोलि

एजेन्सी  । विवादित दक्षिण चिनीया समुद्रमा अमेरिकाले विमानबाट नियमित गस्ती गरेको छ ।  चिनीया विदेश मन्त्रालयलले अमेरिकाले चीनको सुरक्षमा गम्भिर चुनौति दिएको जनाएको छ । चीनले प्रतिकार गर्ने भनेपछि अमेरिकी सेनाहरु पानीजाहाजबाट पनि गस्तिमा निस्किएका छन् ।

बेइजिङस्थित विदेश मामला विज्ञ सुन हाओले चीनलाई उसको सामुद्रिक सीमामा अमेरिकाले अवरोध गर्ने प्रयास गरेमा दुई देशबीच युद्धको खतरा बढ्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीनलाई दक्षिणी चिनियाँ समुद्रको भूभाग लिनबाट आफूले रोक्ने बताएका थिए । ह्वाइट हाउसका प्रेस सेक्रेटरी शन स्पाएसरले भने, ‘दक्षिण चिनियाँ समुद्रमा रहेका द्वीपमा विश्वकै हक लाग्छ, केवल चीनले त्यसमा धाक जमाउन मिल्दैन ।’

तर चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्गले भने दक्षिणी चीन सागरमा अमेरिकाको हक नलाग्ने प्रष्ट पार्दै यसबाट अमेरिकालाई टाढै रहन चेतावनी दिएकी छन् । यसरी उक्त टापुको बारेमा चीन र अमेरिका जुहारी शुरु भएको छ ।

चीनले आफ्नो दाबी गरिहेको बेला अमेरिकाले त्यो टापु सबैको भएको दाबी गरिहेको छ । र यसरी दुबैले आ आफ्नो अडान राख्दा युद्धको खतरा बढ्दै गएको विज्ञहरुले बताएका छन् ।

Photo: businessinsider.com

  • ८ फाल्गुन २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !