दरवन्दी स्वास्थ्य चौकीमा मिलानसहित जुलुस प्रर्दशन

आजभोलि

दरवन्दी स्वास्थ्य चौकीमा मिलानसहित जुलुस प्रर्दशन

रौतहट  । संयुक्त क्रियाशिल ट्रेड युनियन रौतहटले आज सदरमुकाम गौरमा जुलुस प्रर्दशन गरेको छ । ७५ वटै जिल्ला स्वास्थ्य कार्यालयका सि अ.हे व छैठौ अधिकृत तहका सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुले विगत पौष १९ गते देखि प्रर्दशन गरिहेका छन् । फागनु ३ गतेका दिन स्वास्थ्य मन्त्रालयले मन्त्री परिषदद्धारा ९ (ख) कार्यन्वयन तथा पद व्यवस्थापन गर्नुको साटो विपरित पुल दरवन्दी सिर्जना गरी स्वास्थ्य चौकीमा दरवन्दी नराखी जिल्ला ,अञचल तथा केन्द्रिय अस्पतालमा दरवन्दी राख्ने अदुरदर्शी निर्णय गरेको विरुद्धमा जुलुस प्रर्दशन गरिएको जनाएको छ ।  

स्वास्थ्य चौकीमा दरवन्दी नराखेको विरोधमा जिल्ला स्वास्थ्य कार्यालय रौतहटबाट शुरु गरिएको जुलुस नगर परिक्रममा गर्दै तहगत पदीय जिम्मेवारीको माग गरेका छन । स्वास्थ्य चौकीमा मुल दरवन्दी कायम गर्, हेल्थ असिटेन्डलाई जिम्मेवारी देउ जस्ता नारा लगाएका थिए । जुलुस प्रर्दशनपछि रौतहटका प्रमुखलाई ज्ञापन बुझाइएको छ ।

स्वास्थ्यकर्मीहरुको संघ सगठन र फोरमका अध्यक्षद्धारा जारी ज्ञापन पत्रमा कार्यालयमा अनिश्चितकालीन धर्ना तथा सम्पुर्ण कामकाज ठप पार्ने गरि सर्घषका कार्यक्रम संचालन गर्ने जनाएको छ । आकस्मिक सेवा वाहेक पोषण, परिवार नियोजन, खोप क्षयरोग कुष्ठ रोग, स्वास्थ्य शिक्षा तथा रेकडिग रिपोटिग जस्ता कार्य ठप पार्ने पत्रमा उल्लेख गरेको छ ।

  • ९ फाल्गुन २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !