काठमाडौं । नेपाल सरकारले आगामी २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति तोकेको छ । सोमवार तोस्रो पटक बसेको बैठकले निर्वाचनको मिति तय गरेको हो । मधेशी मोर्चासँगको विवादबीच मन्त्रीपरिषद्ले समय तोकेको हो ।
सत्ता साँझेदार दलहरुको सहमतिमा सरकारले आगामी बैशाख ३१ गतेलाई मिति निर्धारण गरिएको छ । मधेशी मोर्चाको माग अनुसार स्थानीय तहको संख्या बढाउने र संविधान संशोधन गर्ने निर्णय पनि गरेको छ ।
स्थानीय तहको संख्या बढाउनका लागि स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदललाई सात दिने समय दिएको छ । यसले अहिलेका विवाद मिलाएर संख्या निर्धारणको जिम्मेवारी पाएको छ ।