१४ देशमा राजदूत सिफारिसः कोरियाको राजदूतमा सिंह

आजभोलि

काठमाडौं । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले रिक्त  रहेका १४ देशमा राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा दोस्रोपटक बसेको मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्तिका लागि १४ जनाको नाम सिफारिस गरेको हो । निर्वाचनको घोषणा गर्नु भन्दा अघि रिक्त देशहरुमा राजदूत सिफारिसको निर्णय गरेको छ ।

सिफारिस गरेका राजदूतहरुमा दक्षिण कोरियामा अर्जुन जंगबहादुर सिंह, युएईमा आशा लामा, जापानमा प्रतिभा राणा, डेनमार्कमा युवनाथ लम्साल, बहराइनमा पदम सुन्दास, अस्ट्रेलियामा लक्की शेर्पा, कतारमा रमेशप्रसाद कोइराला, साउदी अरेबियामा महेन्द्र सिंह र म्यानमारमा भीम उदासलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।

यमनमा शर्मिला पराजुली, श्रीलंकामा विश्वम्भर प्याकुरेल,  बंगलादेशमा चोपलाल भुसाल, स्पेनमा भरत रायमाझी र इजरायलमा निरन्जन थापालाई राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।साथै सरकारले स्पेनमा दूतावास खोज्ने निर्णयसहित राजदूतसमेत नियुक्तिको सिफारिस गरेको सूचना तथा सञ्रमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

  • ९ फाल्गुन २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !