काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनिया राजदुत यू होङले शिष्टाचार भेटघाटभएको छ । मंगलवार देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता भएको थियो ।
उक्त भेटमा नेपाल र चीन बिचको आपसी सहयोग र सदभावपूर्ण सम्वन्ध तथा समसामयिक विषयमा केन्द्रीत भेटघाट भएको नेपाली कांग्रेसले जनाएको छ । भेटघाटमा राजदुत होङले नेपालमा स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकोमा चीन खुशी रहेको वताए । चीन नेपालमा पर्यटन, कृषि, विद्युत लगायतको क्षेत्रमा विकासका लागि सहयोग पु¥याउन चीन इच्छुक रहेको धारणा राख्नु भएको थियो ।
भेटमा देउवाले आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेकोले स्थानीय तहको निर्वाचन गरिनु अपरिहार्य रहेको रहेको बताए । साथै असन्तुष्ट पक्षलाई सम्बोधन गर्न संविधान संशोधनका लागि संसदमा पेश भएको संशोधन प्रस्ताव पारित हुने विश्वास रहेको बताए । उनले नेपालको विकासमा चीन सरकार र त्यहाँका जनताबाट प्राप्त निरन्तर सहयोग र सद्भावको रहदै आएको बताए । आगामी दिनमा पनि सहयोगको आपेक्षा रहेको बताए ।