पत्रकार महासंघमा तालाबन्दीसँगै आमरण अनशन

आजभोलि

काठमाडौं । नेपाल पत्रकार महासंघले विधि, विधान र प्रक्रिया विपरित राजनीतिक भागबन्डाका आधारमा सदस्यता वितरण तत्काल रोक्न माग गर्दै तालाबन्दीसँगै आमरण अनशन शुरु गरिएको छ । अनशन महासंघका पाँचथर सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारीले बुधबार विहानदेखि केन्द्रीय कार्यालयआमरण अनशन सुरु गरेका हुन् । पत्रकार महासंघमा भएको अनियमितता तथा धाँधली रोक्न माग गर्दै आमरण अनशन गरिएको ढुंगानाले बताएका छन् ।

पछिल्ला दिनहरुमा पत्रकार महासंघमा चरम राजनीतिकरण बढेको र सदस्यता वितरणमा मनमरी हुन थालेको भन्दै चार बुदे माग राखेर उनीहरुले केन्द्रीय कार्यालयको मुलढोकामा तालाबन्दी गरी कार्यालयकै परिसरमा अनसन सुरु गरेको बताए ।

राजनैतिक भागबन्डाका आधारमा सदस्यता वितरण रोक्न, जिल्ला शाखा र प्रतिष्ठान शाखाको अधिवेशन तत्काल रोक्न, विधानविपरित बाहिरबाट ल्याइएका नयाँ सदस्यता र नविकरण कार्य फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता, नविकरण र स्थानान्तरणको अन्तिम टुङ्गो लगाएपछि मात्र अधिवेशन ६ महिना अघि तोक्न माग गरेका छन् ।

विधानविपरित र धाँधलीपूर्ण तरिकाले एकलौटी संचालन गरिएका इलाम र ताप्लेजुङका जिल्ला अधिवेशन खारेजी गरी प्रतिनिधिहरुलाई समेत कारबाहीको माग गरिएको छ । लामो समयदेखि पत्रकारितामा निस्क्रिय रहेका, राजनीतिक कार्यकर्ता, सरकारी कर्मचारी र अन्य पेशामा संलग्न महासंघका साधारण सदस्यहरुको शुद्धिकरण अभियान तत्काल सुरु गर्न पनि अनसनकारीले माग गरेका छन् ।

  • ११ फाल्गुन २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !