राप्रपाको निर्वाचन परिणाम आयोः समापनको तयारी

आजभोलि

काठमाडौं । काठमाडौंमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा भएको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । राति अबेरसम्म भएको मतदान सकिएको छ । यसअघि नै अध्यक्षमा कमल थापा निर्वाचित भइसकेका छन् ।

केन्द्रीय सदस्यमा विजय हुनेहरुमा रेखा थापा, कोमल वली, मीरा राणा, कुन्ती शाही र प्रतिभा राणा रहेको निर्वाचन समितिले जनाएको छ ।

अन्य निर्वाचित हुनेहरुमा  बुद्धिमान तामाङ, विक्रम पाण्डे, राजाराम श्रेष्ठ, सुनिल थापा, जयन्द्र चन्द, धवल शम्शेर राणा, विक्रम थापा, राजेन्द्र लिङदेन, मोहन श्रेष्ठ र राजाराम गर्तौलालगायतका छन् ।

फागुन ६ गतेदेखि सुरु भएको अधिवेशनलाई आज औपचारिक कार्यक्रम गरी समापन गरिने बताइएको छ । यो राप्रपा नेपाल र राप्रपाबीच एकिकरण भएपछि भएको पहिलो महाधिवेशन हो ।

  • ११ फाल्गुन २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !