काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समावादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एक वक्तव्य निकाली निर्वाचन स्थगितको माग गरेका छन् । संयुक्त हस्ताक्षरसहित जारी गरेको वक्तव्यमा उनीहरुले देश संक्रमणकालमा रहेकाले तत्काल स्थानीय तहको निर्वाचन स्थगित गर्न माग गरेका छन् ।
संविधान संशोधन नभए र कानुनीरुपमा स्पष्टता नभएसम्म बैशाख ३१ गतेको निर्वाचन नगर्न भनेका छन् । वक्तव्यमा उनीहरुले स्थानीय तह प्रदेशको मातहतमा राख्नु पर्ने लगायतका मागहरु गरेका छन् ।
यथास्थितिमा भएको निर्वाचले झन संक्रमणकाल बढाउने भन्दै उनीहरु निर्वाचनको विपक्षमा रहेका छन् ।