सिके राउतको अभियान राजनीतिक – एम्नेस्टि इन्टरनेशनल

आजभोलि

काठमाडौं । एम्नेस्टि इन्टरनेशनलले सार्वजनिक विश्व मानवअधिकारको प्रतिवेदन २०१६/१७ सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले नेपाल राज्य टुक्र्याउने माग सहितको सिके राउतको आन्दोलनलाई राजनीतिक विचारको अभियान भएको उल्लेख गरेको छ । उक्त घटनालाई अभिव्यक्ति स्वतन्त्रता शिर्षक अन्तरगत राखेको छ ।

प्रतिदेनमा भनिएको छ, ‘शान्तिपूर्वक राजनीतिक विचार व्यक्त गर्दा यही वर्ष मधेशी कार्यकर्ता चन्द्रकान्त राउत र उनका थुप्रै समर्थकहरुले राष्ट्रविप्लवसम्बन्धी विविध अभियोग सामनागर्नु परेको उल्लेख गरिएको छ ।’

उक्त प्रतिवेदनले सिके राउतको राजनीतिक अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको भनिएको छ । एम्नेष्टिले राजनीतिक अभिव्यक्तिको अभियान चलाउँदा राष्ट्र विप्लवको मुद्धा खेपीरहेको प्रति पनि ध्यानाकर्षण गरेको छ ।

Photo Source: Facebook

  • १२ फाल्गुन २०७३, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !