बेसबल कपमा भाग लिन नेपाली टोली पाकिस्तान प्रस्थान

आजभोलि

काठमाडौं । तेह्रौं बीएफए वेस्ट एसिया बेसबल कपमा सहभागी हुन १६ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली मंगलबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गरेको छ ।

खेलाडीहरुमा ईश्वर थापा (कप्तान), अनिल परियार, राजेश बस्नेत, सुक्रिम थापा, खडकसिंह विष्ट, मिलन थापा, प्रकाशबहादुर पुजारा, मोहम्मद इर्साद हुसेन, पदमसिंह पुजारा, जितबहादुर तामाङ, अचित कार्की, विनोद कोइराला, दिनेशसिंह भण्डारी, मानकुमार माइ, विमल लामिछाने, जीवन नाथ र सुवास बोहरा रहेका छन् ।

टोली नेतामा प्रदीपकुमार खत्री, व्यवस्थापकमा दीपक न्यौपाने, प्रशिक्षकमा अशोक भट्टचन र नारायण घर्ती र अम्पायरमा अभिषेक कार्की छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव गंगाबहादुर थापाले एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता फेब्रुअरी २५ देखि मार्च १ तारिखसम्म सञ्चालन हुनेछ ।

  • १३ फाल्गुन २०७३, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या