विजेता खेलाडीको सुविधा बढाउन सुझाव

आजभोलि

काठमाडौं । दक्षिण एसियाली र एसियाली खेलकुदका पदक विजेता तथा ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई विभिन्न क्षेत्रमा सुविधा उपलब्ध गराउन खेलाडी सुविधा सुझाव कार्यदलले युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली समक्ष सिफारिस गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका कार्यदलका संयोजक उपेन्द्र पौडेलले कार्यन्वयनमा जोड दिन आग्रह गर्दै सात बुँदे सुविधा उल्लेख गरिएको सिफारिस पत्र मन्त्री श्रीपालीलाई बुधबार सिंहदरबारमा हस्तान्तरण गरे ।

कार्यदलले दक्षिण एसियाली खेलकुदका स्वर्णधारी तथा एसियाली खेलकुदका पदक विजेता गरी जम्मा ११० खेलाडीहरुलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा १०० प्रतिशत तथा हवाई/सडक यातायात र मनोरञ्जन क्षेत्रमा ५० प्रतिशत छुट, दक्षिण एसियालीमा रजत र ओलम्पिकमा सहभागी गरी जम्मा २३१ खेलाडीलाई शिक्षा र स्वास्थ्यमा ८० प्रतिशत, हवाई/सडक यातायात र मनोरञ्जनमा ५० प्रतिशत छुट तथा दक्षिण एसियाली खेलकुदका ४४२ कांस्य विजेतालाई शिक्षा र स्वास्थ्यमा ७० प्रतिशत, हवाई/डक यातायात र मनोरञ्जनमा ५० प्रतिशत छुटको व्यवस्थाका लागि सिफारिस गरेको छ ।

एसियाली पदक विजेता र दक्षिण एसियालीका स्वर्ण विजेताले मासिक रुपमा पाउने प्रोत्साहन रकम ५ हजारका दरले ४ महिनाको एकमुष्ठ पाइसकेकोमा त्यसलाई नियमित बनाउने व्यवस्थाका लागि अनुरोध गरिएको छ । त्यस्तै खेलाडी अस्पतालको छुट्टै व्यवस्था, खेलकुद विश्वविद्यालय स्थापनाका लागि पहल तथा राष्ट्रिय खेलाडीका लागि विमाको व्यवस्था गर्न समेत सिफारिस गरिएको छ ।

  • १३ फाल्गुन २०७३, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !