अधिकांश क्याम्पसमा फेरी तालाबन्दीः स्ववियु निर्वाचन अन्यौलमा

आजभोलि

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको उम्मेद्वारी मनोनय दर्ता गर्ने दिन आज देशभरीका ठूला क्याम्पसमा तालाबन्दी गरिएको छ ।ताला असन्तुष्ट नेपाल विद्यार्थी संघ, वैद्य विप्लव माओवादी अखिल क्रान्तिकारी, अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले लगाएका छन् । अधिकांश क्याम्पसमा नेविसंघसँग आवद्ध विद्यार्थीले ताला लगाएको छ । उनीहरुले नर्या भर्ना खारेजी ठूला विद्यार्थी संगठन दादागिरी अन्त्य लगायतका मागहरु राखेका छन् ।

उपत्यकाका त्रि चन्द्र, नेपाल ल, रत्न राज्य, विश्व भाषा, शंकरदेव, मिन भवन क्याम्पस लगायतका क्याम्पसहरुमा तालाबन्दी गरिएको छ

बानेश्वर क्याम्पसमा अनेरास्ववियु क्रान्तकारीले क्याम्पस प्रमुखलाई नै बन्दी बनाएको थियो । शनिवार राती मिन भवन क्याम्पसमा आगजानी तथा तोडफोड  गरिएको छ । क्याम्पस प्रशासनको अनुसार आगजानीबाट कारिब ५० लाखको क्षतिभएको जनाएको छ । आगजानी अनेरास्ववियु र मधेशी दल निकट विद्यार्थीहरुको सहभागिता रहेको जनाइएको छ ।

मधेशका अधिकांश क्याम्पसहरुमा मधेशी दलहरु निकट विद्यार्थी संगठनहरुले शुक्रवार नै तालाबन्दी गरेको छ । केही क्याम्पसमा तोडफोड भएको छ । काठमाडौं बाहिरका केही क्याम्पसमा भने सर्वसम्मत स्ववियु पदाधिकारी चयन गरेका छन् । पिएन क्याम्पस, भक्तपुर शिक्षा क्याम्पस लगायतका क्याम्पसहरुमा मनोनयन दर्ता भएको छ ।

यसरी क्याम्पसको भएको तालाबन्दीको कारण फागुन १८ गते तय गरिएको स्ववियु निर्वाचन फेरी अन्यौलता बढेको छ । यसले तोकिएको तिथीका निर्वाचन नहुने देखिएको छ ।

  • १४ फाल्गुन २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !