नागरिक स्वस्थ भए मात्र देश स्वस्थ – मन्त्री थापा

आजभोलि

 

काठमाडौ+ । स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रम साथ आज पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागेको छ । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने नाराका साथ पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा शुभकामना सन्देश दिदै स्वास्थ्य मन्त्री गगनकुमार थापाले विभिन्न रोगहरुको निधान र पहुँचयोग्य स्वास्थ्य सेवाका लागि नितिगत, कार्यगत र संस्थागत सुधार गर्न मन्त्रालय क्रियाशिल रहेको जानकारी दिदै त्यसका लागि सवै स्वास्थ्यकर्मीहरुलाई सक्रिय सहभागीताका लागि अपिल गर्नुभएको छ ।

स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन सेवाका आधारमा स्वास्थ्य संस्थाको बर्गिकरण गर्ने कार्य अन्तीम चरणमा पुगेको, जनस्वास्थ्य ऐन र विमा ऐनको मस्यौदा बनिसकेको लगायत कामहरु तिव्रताका साथ भईरहेको मन्त्री थापाले सन्देश मार्फत् जानकारी दिए ।

नागरिक स्वस्थ भए मात्र देश स्वस्थ हुने तर्क गर्दै मन्त्री थापाले स्वस्थ नागरिकका लागि स्वास्थ्यकर्मी नै आधार भएको उल्लेख गर्नु भएको छ । स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन सेवाका आधारमा स्वास्थ्य संस्थाको बर्गिकरण गर्ने कार्य अन्तीम चरणमा पुगेको, जनस्वास्थ्य ऐन र विमा ऐनको मस्यौदा बनिसकेको लगायत कामहरु तिव्रताका साथ भईरहेको मन्त्री थापाले सन्देश मार्फत् जानकारी दिए । स्वास्थ्य सेवा दिवस मनाउन केन्द्रमा मुख्य सचिवको संयोजकत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती समितिहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् ।

 मुख्य सचिवको संयोजकत्वमा गठित केन्द्रीय स्तरको मूल समारोह समितिको आयोजनामा विहान स्वास्थ्य सेवा विभाग टेकुमा योगा कार्यक्रम सम्पन्न भएको छ भने ८ बजेपछि टेकुबाट प्रभातफेरी गरी विहान ९ बजे स्वास्थ्य मन्त्रालयमा पुग्ने कार्यक्रम रहेको छ । प्रभातफेरीपछि मन्त्रालयका दिवसको मुल समारोह हुने भएको छ । मन्त्रालय मातहतका अन्य निकायहरुमा भने स्वास्थ्यकर्मी र जनताबीचको सम्बन्धलाई सुदृढ बनाउने, स्वास्थ्य शिविरहरू गर्ने, सरसफाइलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

  • १५ फाल्गुन २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !