आर्मीको अस्पताल नागरिकका लागि खुला

आजभोलि

काठमाडौं । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको वहिरंग उपचार सेवा आइतवारबाट सर्वसाधारणका लागि पनि खुला गरिएको छ। यसअघि अस्पतालले सैनिक कर्मचारी तथा उनीहरुका परिवारलाई मात्र स्वास्थ्य उपचार सेवा दिंदै आएको थियो । यसले गर्दा नागरिकलाई उपचारमा पहुँच पुगेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार, अस्पतालको ओपिडि ९वहिरङ्ग० सेवा सर्वसाधारणका लागि पनि खुला गरिएको हो। सो सेवासंगै सेनाको अस्पतालमा औषधि उपचार सेवा जो कोहीलाई पनि उपलब्ध हुने छ। ‘महाशिवरात्री तथा सेना दिवस २०७३’ र ‘स्वास्थ्य सेवा दिवस २०७३’ को अवसर पारेर सेनाले सो सेवा शुरु गरेको हो।

सार्वजनिक विदा बाहेक प्रत्येक दिन दिउँसो साढे तीनवजेदेखि अपरान्ह पाँचवजेसम्मको समयअवधि सर्वसाधारणका लागि छुट्याइएको छ। आवश्यक पूर्वाधारको विकास तथा जनशक्ति थपिएसंगै सो सेवालाई बढाउँदै लैजाने योजना रहेको सेनाले जनाएको छ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा केही दिनपछि रौतहट जिल्लाको गौरमा मोवाईल अस्पताल प्रयोग गरी बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने जनसम्पर्क निर्देशनालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। यस किसिमको कार्यले गैह्र सैनिक नागरिकलाई स्वास्थ्य उपचारमा महत्वपूर्ण सेवा पुग्ने अपेक्षा गरिएको छ। स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्नुका साथै नागरिक सैनिक सम्बन्ध थप सुदृढ हुने विश्वास सेनाको छ ।

  • १५ फाल्गुन २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !