तिवारी हत्याकाण्डमा संलग्न ७ जना पक्राउ : मुख्य अभियुक्त फरार

आजभोलि

काठमाडौं । जिल्ला प्रहरी कार्यालयले तत्कालीन युवा सङ्घ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई सार्वजनिक गरेको छ । प्रहरीले अध्यक्ष तिवारीको हत्याका मुख्य योजनाकार मनोज पुन नै भएको उल्लेख गरेको छ । प्रहरीले ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको  छ । तर तीमध्ये मुख्य योजनाकार पुनसहित पाँच जना फरार रहेको जनाएको छ ।  

रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले व्यक्तिगत रिसईबी र आपराधिक मनोवृत्ति बढाई लुटपाट मच्चाउनकै लागि तिवारीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुल्न आएको बताए । तिवारी हत्याकाण्डमा योजनाकार रहेका सिद्धार्थनगर-३ का विकास भनिने सोमबहादुर आले पनि फरार छन् । घटनामा सुटरका रुपमा राजु भनिने प्रयोग भएको र उनी पनि फरार रहेको प्रहरी उपरीक्षक धानुकले जानकारी दिए ।  

प्रहरीले सार्वजनिक गरिएका अभियुक्तमा देवदह नगरपालिका, ६ का ३१ वर्षीय वसन्तबहादुर चापागार्इँ, तिलोत्तमा नगरपालिका, १५ का २७ वर्षीय बुद्धिसागर यादव र २४ वर्षीय राजेश यादव, तिलोत्तमा, ८ का प्रयास भनिने ३३ वर्षीय खेमानन्द भट्टराई, देवदह नगरपालिका, ८ का २३ वर्षीय सागर थापा, रुपन्देही धकधई, ८ परासी झुङ्गाका २८ वर्षीय अङ्गद थारु र देवदह नगरपालिका, ९ का २८ वर्षीय ऋषिश्वर कुमाल छन् ।

प्रहरीका अनुसार चापागार्इँले मनोज पुन भनिने मनोज बुढा मगरको निर्देशनबमोजिम घटनाको दिन दिनभरि तिवारीको गतिविधिको निगरानी गरी जानकारी गराउने भूमिका खेलेका थिए ।

  • १५ फाल्गुन २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !