महाशिवरात्रीमा आएका साधुसन्तजीको विदाईः खुशीभएर फर्के बाबाजी !

आजभोलि

काठमाडौं। महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा आएका साधुसन्तलाई बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा साधुसन्तलाई बिदाइ गरिएको हो । कार्यक्रममा पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगस्थली गोरखनाथ, भष्मेश्वर र निर्मल अखडालगायतका क्षेत्रमा बसेका साधुसन्तलाई विदाई गरेको छ ।

संस्थानले फागुन ११ गतेदेखि आजसम्म साधुसन्त, महात्मा, सन्यासीलाई धुनी बाल्न ३८ हजार किलो दाउरा व्यवस्था गरेको थियो । स्वदेश तथा विदेशबाट आएका साधुसन्त, महात्मालाई महाशिवरात्रिका अवसरमा संस्थानले आजसम्म निःशुल्क भोजनको व्यवस्था गरेको थियो ।

कालमोचनघाटको बैरागी अखडा, उदासी अखडा, सन्यासी अखडा र गोरखनाथ अखडामा पनि साधुलाई निःशुल्क भोजनको व्यवस्था थियो । पशुपति मन्दिर परिसरभित्र नागाको बिदाइ गर्दा दक्षिणासहित २०० ग्रामको पेडा वितरण गरियो । अन्य साधुलाई दक्षिणा सङ्कल्प गरिएको सामान दिएर बिदाइ गरिएको संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डेले जानकारी दिनुभयो ।

संस्थानले रु १३ लाख दक्षिणास्वरुप साधुसन्तलाई वितरण गरेको थियो भने कोषले त्यसको ५० प्रतिशत थपेर वितरण गर्यो ।

  • १५ फाल्गुन २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !