अनेरास्वयिुद्वारा नेविसंघ गठबन्धनमाथि आक्रमणः प्रहरी सहित दर्जनौ घाइते

आजभोलि

लमजुङ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा लमजुङको सुन्दरबजार स्थित लमजुङ कृषि क्याम्पसमा अनेरास्ववियुले नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानललाई सांघातिक आक्रमण गरेको छ। बिहान आठ बजे स्ववियुको लागि क्याम्पस प्रशासनमा लगाईएको ताला खोल्न डाकिएको संयुक्त वार्ता हुँदै गर्दा एक्कासि अनेरास्ववियुका विद्यार्थीले ढुंगा मुडा, रड प्रहार गरेको छ।

सुनियोजित घटनाको रूपमा सम्पूर्ण तयारीका साथ आएको अनेरास्ववियुको आक्रमणबाट नेविसंघ समर्थित छैठौं सत्रान्तका दीपेन्द्र रेग्मी, गोकुल कंडेल,नवराज ढकाल,संजय काफले, विश्वास केसी पांचौ सत्रान्तका आकृति खनाल, हरीश भट्ट, प्रतीत खनाल त्यस्तै तेस्रो सत्रान्तबाट किरन बास्तोला, प्रांजल रिजाल घाईते भएका छन्।

ईलाका प्रहारी कार्यलय सुन्दरबजारका सई होमनाथ अधिकारी समेत आक्रमणमा परेका छन्। विपिन पराजुली, मिलन अधिकारी, प्रदीप घिमिरे, भूपेन्द्र न्यौपाने, अमित चौधारीको नेतृत्वमा आएको ३०र४० जनाको अनेरास्ववियुको समूहले एक्कासी आक्रमण गरेको हो। घटनाबाट नेविसंघका दीपेंद्र रेग्मी र आकृति खनाल गंभीर घाईते भएका छन् गम्भीर घाईतेलाई थप उपचारको काठमाण्डौ रिफर गरिएको छ।

  • १६ फाल्गुन २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !