तीन दिन भित्र दल दर्ता नभए स्थानीय निर्वाचनमा सहभागी हुन नपाइने

आजभोलि

काठमाडौं ।  स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिनभित्र दल दर्ता गर्न समय दिएको छ ।  स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते घोषणा भएको छ । सबै दलहरुले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा फागुन १८ भित्र दर्ता भइसक्नु पर्ने गरी समयसिमा तोकेको छ ।  

दलहरूलाई नेपालको संविधानको धारा २७१ बमोजिम स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता भएको मानिनेछ ।  आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार यसअघि आयोगमा दर्ता भएका दलहरू र जिल्लाजिल्लामा दर्ता भएका दलहरूले पनि स्थानीय तह निर्वाचन प्रयोजनका लागि तीन दिनभित्र दल दर्ता गराउनुपर्नेछ ।  

आयोगको आग्रह अनुसार आयोगमा दर्ता भएका ११३ वटै स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ अनुसार आयोगमा दल दर्ता गराउनुपर्नेछ ।  आयोगले यसअघि जरिवाना गरेका दलहरूले पनि जरिवाना तिरेर दल दर्ता गराउन सक्नेछन् ।  आयोगमा अब दर्ता नहुने दलले स्थानीय निर्वाचनमा भाग लिन पाउँदैनन् ।

आयोगमा दल दर्ता गर्न राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिका सदस्य तथा अन्य पदाधिकारीको सङ्ख्या, राजनीतिक दलको सङ्गठनात्मक स्वरूप, राजनीतिक दल दर्ताका लागि अधिकारप्राप्त व्यक्तिले प्राप्त गरेको अधिकारपत्र, राजनीतिक दलको आधिकारिक छापको नमुना र वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्नेछ ।

 आयोगले यसअघि निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लामा एक महिनाको अवधि तोकेर दल दर्ताका लागि सूचना प्रकाशन गरेकोमा सबैभन्दा बढी काठमाडौँ जिल्लामा ४५ वटा राजनीतिक दल दर्ता भएका थिए ।  सबैभन्दा कम मनाङमा छवटा दल मात्रै दर्ता थिए ।

  • १६ फाल्गुन २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !