बाबुराम निर्वाचनको विपक्षमा : संविधान संशोधन पहिलो आवश्यकता

आजभोलि

मधेशीहरुका मागहरु सम्बोधन नगरी निर्वाचनमा नगएत्यसले देवन्द्व निम्त्याउने दाबी गरेका छन् ।

रुकुम। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले निर्वाचन भन्दा पनि संविधान संशोधन पहिलो आवश्यकता भएको बताएका छन् । उनले संविधान संशोधन नभएसम्मनिर्वाचन हुन नसक्ने बताएका छन् ।  उनले मधेशीहरुका मागहरु सम्बोधन नगरी निर्वाचनमा नगएत्यसले देवन्द्व निम्त्याउने दाबी गरेका छन् ।

पार्टी प्रशिक्षणका लागि रुकुम पुग्नुभएका भट्टराईले आज काठमाडौँ जानुअघि सल्ले विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अहिलेको सरकारले आफ्नो आयु लम्ब्याउनलाई निर्वाचनको मिति घोषणा गरेको आरोप लगाए ।

विमानस्थलमा बोल्दै डा भट्टराईले अहिलेको शासकीय स्वरुपसमेत ठीक नभएको र संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको लागि निर्वाचन प्रक्रियामा जानुपर्ने बताए ।

शासकीय स्वरुप ठीक नभएकै कारण देशको आर्थिक र राजनीतिक विकास पनि तीव्र गतिमा हुन नसक्ने उनले दाबी गरे ।  उहाँले नयाँ शक्ति नेपालले अघि सारेको आर्थिक क्रान्तिको एजेन्डामार्फत अब देशको आर्थिक समृद्धिलाई पूरा गर्न राज्यका सबै शक्ति मिलेर देशमा औद्योगिक क्रान्ति सञ्चालन गर्नुपर्ने खाँचो रहेको बताए ।

  • १६ फाल्गुन २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !