लामीछानेको नविना लामालाई खुला पत्रः महिला छात्रामाथि रड र खुकुरी प्रहार गर्ने पुरुष कार्यकर्तालाई कारवाही कहिले?

आजभोलि

आदरणीय नबिना लामा दिज्यु कमरेड , नमस्कार अनि राष्ट्रवादी अभिवादन जय नेपाल

सर्वप्रथम खुला पत्र लेख्न पर्नुको कारण स्पष्ट पार्न चाहे । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गरेको अवस्थामा आफ्नो हार निश्चित देखेर तपाईंको संगठनले चुनाव बिथोल्न क्याम्पसका सबै भागमा तालाबन्दी गरेको थियो । ताला लगाएको विषयमा सरोकारवाला निकायले छलफल गरि फुटाउने निर्णय गर्न भनेर बोलाइएको सर्बदलीय बैठकमा तपाईंको दलको प्रतिनिधि आएन ।

बरु बैठक स्थल बाहिर बसेका हामी नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीलाई ६०/७० जना अखिलका विद्यार्थी गुन्डाहरुले आकस्मिक साङ्घातिक आक्रमणको गरे  ।

यी सब घटनाको प्रत्यक्षदर्शी स्वयम् क्याम्पस प्रमुख , क्याम्पस प्रशासन , प्रहरी प्रशासन, स्थानीय राजनितिक दलको प्रतिनिधि (जहाँ तपाईंको दलको प्रतिनिधि थिएन) , थियो । सबैको आखा अगाडि भएको यो घटना जंगली त थियो नै र जघन्य अपराध को नमूना पनि हो । हामी नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारिको संयुक्त प्यानल देखेर तपाईंको संगठन हार्ने निश्चित देखेर आत्तिएको अनि बौलाएको थियो । चुनावमा भाग लिने सबै पक्ष बिजयी हुन्नन भन्ने सामान्य चेतना समेत नरहेको देख्दा ठिट लागेर आउँछ।

हिजो घाइते हुनेमा मेरै आफ्नै साथीहरु पनि परेका छ्न । म भाग्यले बाचे , आफ्नै अगाडी कालबाट बचेको मान्छे, त्यो घटना अहिले सम्झदा पनि डर लागेर आउँछ । आकृती खनाल जो  अत्यन्त मेधावी छात्रा हुन् । उनी पनि तपाइहरुको निर्ममताको सिकार बनेकी छिन ।

तपाईंहरुको सिद्धान्तको प्रतिफल रड र दाउराको सिकार बनेकी छिन । त्यो पनि नरपिचास पुरुष कार्यकर्ताको हातबाट । त्यसकारण यो पत्र लेख्दै छु ।  अन्यथा नलिनु होला केही भए माफी चहान्छु ।

चुनावी परिणाम हार्ने देखेर अत्तालिएका र पागल बनेका केही पशुजन्य मानसिकताबाट ग्रशित कार्यकर्ताले भरिएको तपाइको संगठनका अनि महिलाको टाउको माथि रड प्रहार गर्न सक्ने महापुरुस जन्माउन सक्ने संगठनका नेतृत्व कर्ताको हैसियत बनाउनु भएकोमा बधाई दिन चाहान्छु । तपाईं आफै पनि महिला हुनुहुन्छ ।  हरेक क्षेत्रमा महिलाका विशेष क्षेत्रमा सुधार अनि बिकास हुनुपर्नेमा जोड दिनुहुन्छ ।  त्यसैले बाहिर ध्यान दिदा दिदै आफ्नै संगठनमा नारीको सम्मान गर्न पर्छ भन्ने कुरा सिकाउन भुल्नु भएछ ।

तपाईं आफै नेतृत्वदायी भुमिकामा भएको बेला सम्मान
गर्न नसकेको सङगठनले कहिले गर्न सिक्छ नारिको
सम्मान ? कहिले सिकाउनुहुन्छ नारीको सम्मान गर्न ?
कहिले रोकिन्छ नारिको टाउकोमा रड हानिन् ?

तपाईंको कतिपय कार्यकर्ताले भन्लान । हामीले अघिल्लो घटनाको प्रतिबाद मात्र हो ।ब तपाईं इतिहास हेर्नुस । कहिले नेपाल विद्यार्थी संघले नारिलाइ रड हान्ने काम गर्यो  । र, कसैलाई प्रशय दियो ? इतिहास सिकाउनुहोस कार्यकर्तालाइ । तपाई पीडित नारिको स्थानमा बसेर मूल्याकंन गर्नुस ।  साच्चिकै गर्व गर्न लाएक कार्य गर्नु भएको हो ?  अब येहि घटनाको आधारमा बसेर हेर्ने अनि तपाईंका कार्यकर्ताको प्रतिक्रिया हेर्ने हो भने तपाइको संगठनमा मानवीय संबेदनसिलता अनि नैतिकताको खडेरी परेको आभास हुन्छ ।

यस्तै हर्कत अनि नारिमाथिको आक्रमणको आधारमा कसरी भोट हाल्न सक्छ्न सम्पुर्ण नारिहरुले तपाइको संगठनका पक्षमा ।  कसरी भन्न सक्नुहुन्छ हामी नारीको हकहितका लागि हौ र संरक्षक हौ भनेर ? कसरी विश्वास गरून् नारिहरुले ?  युद्धमा जाने केटी होस या केटा होस सबै सिपाही नै हुन । सबै दोषी हुन भन्ने विचार व्यक्त गरेर कसरी सबैको मन जित्न सक्नुहुन्छ,  यो बताइदिनुहोस बिधालय को परिसर कहिले देखि युद्धको मैदान भए ?

नारीको सम्मान र इज्जत गर्न नसक्नेहरुका घरमा आमा दिदिबहिनी पनि सम्मानित होलान र ? राष्ट्रियताको मुद्दामा जति चर्का बहस गरेनी आफ्नै साथीहरूलाई दुश्मन ठान्दै आक्रमण गर्ने तपाइँका कार्यकर्ताको सोच कहिले सुधार गर्नुहुन्छ ?

नेविसंघका विद्यार्थीहरु युद्धमा गएका कहिले थिए ? कलम कापी समात्ने हात कहिले बन्दुक समात्ने हात बने ? आफूमाथी पर्न र गल्ती छोप्न जे बोले नि हुन्छ भन्ने सोच कहिलेसम्म राख्नुहुन्छ ? अरुलाइ सम्मान गरेसी हामी पनि सम्मानित भएन्छ भन्ने कुरा कहिले सिकाउनुहुन्छ ?  तपाईंले माथीबाट हाम्रोबाट लगाइएको ताला फोरेर चुनाव गर्नुपर्छ भनी सहमति गर्ने अनि आफ्नै कार्यकर्तालाई तालाबन्दी गरि चुनाव भाड्ने अनि आक्रमण गर्न उक्साउने द्वैध चरित्र कहिले सुधार गर्नुहुन्छ । हिजोको आक्रमण तपाइहरुको सबै पक्षको सहमतिमा बुनिएको सुनियोजित षडयन्त्र नै थियो ।  हाम्रो भाग्य भनु या दैवको नियती तपाइहरुको योजना अनुरुप प्रतिफल निस्केन ।  त्यो योजना सफल हुन्थ्यो त कतिपय आज जिवित हुन्थेनन होला ।  तपाइकै कार्यकर्ताहरु टाउकोमा किला रोप्ने सम्मको तयारिमा थिए ।

अब सोच्नुस स्थिति कस्तो थियो ? महिला नै अध्यक्ष भएको संगठनबाट त महिला सुरक्षित छैनन् भने हजुर कुन नैतिकताले म अनेरास्ववियुको महिला अध्यक्ष भन्नुहुन्छ ? दिदी यो घटना ले स्वयम् तपाइकै सिर निहुरिनु परेको छ , तपाईंकै स्वाभिमानमाथी आच पुगेको छ । तर तपाईं अझै पनि किन चुप ? जवाफ र सकारात्मक प्रतिक्रिया को आशामा छु ।

अन्त्यमा, तपाई आफै बिशिस्ट हुनुहुन्छ, सहि गलत छुट्टाउन सक्नुहुन्छ ।  हिजो नारिमाथी रड हानिनु इतिहासकै नभएको गल्ती सावित भइसकेको छ । त्यो तत्काल सुधार गरिनुपर्छ ।  गल्ति स्वीकार्नु हुन्छ भने आरोपितलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेर पीडितलाई जानकारी गराउनुहोस । अनि पीडित साथीलाइ सहानुभूति व्यक्त गर्नुहोस् ।

 बिश्वास दिलाउनुहोस । त्यो गल्ती अन्जानमै भएको हो । र, अनेरास्ववियु सधै महिलाको सम्मान गर्छ र सम्मान गर्न लायक पनि छ भनी प्रमाणित गर्नुहोस । स्वबियु निर्वाचनको घोषणापत्रमा सुधार गरि महिलाको सम्मान अनि महिलामैत्री बाताबरण संगठन भित्र सृजना गर्न कार्यकर्ता माझ यथासक्य प्रशिक्षण कार्यक्रम चलाइने छ भनी घोषणा पत्रको पहिलो बुदामा समाबेश गर्नुहोस अनि मात्र भोट माग्नको लागि पनि नैतिक आधार होला ।

उहीँ तपाईको प्यारो भाइ सागर लामीछाने
लमजुङ किर्षि क्याम्पस सुन्दरबजार, लमजुङ

  • १७ फाल्गुन २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !