स्ववियु निर्वाचन स्थगित भएका क्याम्पसमा २०७५ मा हुने

आजभोलि

काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकेका बाँकी क्याम्पसमा २०७५ मा मात्र निर्वाचन हुने भएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीले बुधवार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकेका क्याम्पसमा  दुई वर्षपछि मात्र निर्वाचन हुने बताए । उनले अब बारम्बार निर्वाचनको तालिका सार्वजनिक नहुने बताए ।

उनले विद्यार्थी संगठनहरुसँग क्याम्पसले आन्तरिक सहमति गरेर स्ववियू निर्वाचन गर्न सक्लान्, त्रिवि निर्वाचन समितिले भने अब निर्वाचन गराउँदैन।

बुधवार त्रिभुवन विश्व विद्यालयका उपत्यकाका सात र उपत्यका बाहिरका १५ वटा आंगिक क्याम्पसमा निर्वाचन भैरहेको जानकारी पनि त्रिपाठीले दिए । उनले  स्ववियू निर्वाचन आचारसंहिता विद्यार्थी नेता र संगठनका कारण लागू गर्न नसके पनि निर्वाचन शान्तिपूर्ण भएको वताए  ।

तर क्याम्पसले भने आन्तरिक सहमतिमा निर्वाचन गर्न सक्ने जनाएको छ । आपसी सहमतीमा जहिले पनि निर्वाचन गर्न सकिने र त्यसमा निर्वाचन समितिले बााधा अड्काउ नगर्ने पनि जनाइएको छ ।

  • १८ फाल्गुन २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !