काठमाडौं । पत्रकारिता छोडेर नेपाली राजनीतिमा होमिएका रविन्द्र मिश्रले आफ्नो नयाँ पार्टी र निर्वाचन चिन्ह सार्वजनिक गरेका छन् । मिश्रले पार्टीको नाम साझा पार्टी राखेका छन् भने निर्वाचन चिन्ह तराजु छानेका छन् ।
निर्वाचन आयोगमा दल दर्ता गर्ने म्याद सकिएको भोलि पल्ट नाम र चुनाव चिन्ह सुरक्षितका लागि आयोगमा निवेदन दिएका छन् । पार्टीको नाम र चिन्ह सुरक्षित गर्न आयोगमा निवेदन दर्ता गराएको एक जनाले नेताले बताए । स्थानीय निकायमा भाग लिन नपाएपनि पछि आउने निर्वाचनमा भने सहभागीता जनाउने स्रोतले बतायो । पार्टीको औपचारिक घोषणा केही साताभित्र हुने र पार्टीको संयोजक मिश्र नै रहने भएको छ ।