एमालेको मेची महाकाली अभियान शुरुः संविधान संशोधन नेपाल विरोधी

आजभोलि

झापा । नेकपा एमालेले सुखानीका सहिद दिवसको दिन पारेर शनिवारदेखि मेची महाकाली राष्ट्रिय अभियान शुरु गरेको छ । संविधान कार्यान्वयन तथा जागरणका लागि अभियान शुरु गरेको एमालेले दाबी गरेको छ । यो अभियान मधेशका ३३ स्थानमा १५ दिनसम्म चल्नेछ । यस अभियानमा पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायत नेताहरु सहभागी भएका छन् ।

शनिवार अभियानको शुरु गर्दै एमाले अध्यक्ष ओलीले भने, संविधान संशोधन जनभावना विपरित छ । नेपाल विरोधी रहेको बताए । यसकारण हामी संविधान शंसोधन हुन दिदैनौं, उनले दाबी गरे ।

झापाको काकडभिट्टाबाट सुरु हुने सो अभियान कञ्चनपुर हुँदै आगामी चैत ५ गते सुर्खेत पुगेर समापन हुनेछ । आजै झापाको बिर्तामोड र दमकमा अभियानअन्तर्गतका कार्यक्रम हुँदैछन् । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावको नारा रहेको सो अभियानका लागि नेपाली, मैथिली, थारु, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री वितरण गरिएको छ ।

यसरी एमालेले निर्वाचनलाई लक्षित गरी चालिएको अभियानले मधेशमा द्वन्द्व निम्त्याउँछ की यसले नयाँ सम्बन्ध विस्तार गर्छ त्यो हेर्न बाँकी छ ।

  • २१ फाल्गुन २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !