सप्तरी झडपमा ३ जनाको मृत्युः दुई दर्जन भन्दा बढी घाइते

आजभोलि

सप्तरी । नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत सप्तरीको राजविराजको आमसभामा भएको प्रहरीसँगको झडपमा ३ जनाको मृत्यु भएको दाबी गरिएको छ । तर प्रहरी प्रशासनले भने पुष्टि गरेको छैन् । एमालेको कार्यक्रम सकिएपछि फर्किने क्रममा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ३ जनाको मृत्यु भएको भनिएको छ । । एक जनाको उपचारको क्रममा धरानमा मृत्यु भएको जनाएको छ ।

एमालेको कार्यक्रम चलिरहँदा कार्यक्रमस्थलबाहिर भने मधेसी मोर्चाका कार्यकर्ता व्यापक प्रदर्शन गरेका थिए । सोक्रममा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको छ ।

झडपमा दुइ दर्जन भन्दा बढी जनाभन्दा बढी घाइते भएका छन् । मोर्चाका कार्यकर्ताले एमाले कार्यक्रमबाट फर्किरहेकाहरुलाई लक्षित गरी पेट्रोलबम प्रहार गर्ने र सभास्थल जलाउने गर्न थालेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।

  • २३ फाल्गुन २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !