तत्काल
अन्तर्राष्ट्रियमुख्य समाचारराजनीतिसमाचार

निर्वाचन सम्पन्न गरेकोमा भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् । बिहीबार टेलिफोन गरी उनले बधाई ज्ञापन गरेका हुन् ।

निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गरेकामा भारतीय प्रधानमन्त्रीले बिहीबर प्रधानमन्त्री देउवालाई टेलिफोन गरी खुशी व्यक्त गरेक थिए । भारतीय प्रधानमन्त्री मोदीले निर्वाचनपछि छिमेकीको नाताले भारतले नेपालमा राजनीतिक स्थिरता र विकास चाहेको प्रधानमन्त्री मोदीले आफ्नो धारणा रहेको टेलिफोन कुारकानमिा बताएका थिए ।