काठमाडौं । राजविराजमा तनाब बढ्दै गएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । सोमवार भएको प्रहरीसँगको झडपमा ३ जनाको मृत्यु भएको थियो । गएरातीदेखि नै बजार क्षेत्र तथा मुख्य राजमार्गमा ठूलो प्रर्दशन भएपछि स्थानीय प्रशासनले उक्त आदेश जारी गरेको जनाएको छ ।
प्रशासनले जनाए अनुसार अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र त्यस आसपासका आन्दोलन प्रभावित क्षेत्रमा कर्फ्यु लगाएको हो ।
सप्पतरीमा आज विहानदेखि मोर्चाका कार्यकर्ताहरुले सार्वजनिक निकाय,सरकारी कार्यालय तोडफोड र आगजानी गरिहेको जनाएको छ । अवस्था नियन्त्रण भन्दा बाहिर गएपछि कफ्र्यु लगाईको हो । आक्रोसित मोर्चाका कार्यकर्ताले तोडफोड तथा आगजनी गरिरहेको स्थानीय वासिन्दाले जनाएका छन् ।