रौतहट । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आयोजना गरेको मधेश बन्दले मध्य मधेशको जनजीवन प्रभावित भएको छ । बजार तथा कलकारखाना बन्द रहेका छन् । स्कुल तथा सरकारी कार्यालय पनि पूर्ण संचालनमा आएनन् ।
बन्दको क्रममा सानो दुरी देखि लामो दुरीका सवारी साधनहरु विहान देखि संचालन हुन नसकेको वस व्यवस्यी सँघले जनाएको छ । बन्दको क्रममा बजारहरु बन्द रहेका छन् ।
बन्दको प्रभावले सरकारी कार्यालय तथा गैर सरकारी कार्यालयमा ताला लगाइएको थियो भन्ने कार्यालयमा सेवाग्रहीको उपस्थिति रहेको थिएन । धनुषा तथा सप्तरीमा तनाव देखिए पनि अरु जिल्लामा भने शान्त नै रहेको प्रहरी प्रशासनले जनाएको छ ।