राजविराज। मधेशी मोर्चाका कार्यकताले नेकपा एमालेको झण्डा जलाएका छन् । उनीहरुले एमालेको पार्टी कार्यालयबाट झण्डा झिकेर जलाएको स्थानीय बासिन्दाले जनाएका छन् । मंगलवार एमालेको पार्टी कार्यालय तोफोड गरी फर्निचरमा आगजानी गरेका थिए । आक्रमक कार्यकर्ताले एमालेका नेता तथा कार्यकर्तामाथि जथाभावी आक्रमण गर्ने गरेका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेलको राजविराज-४ स्थित घरमा पनि आन्दोलकारीले ढुङ्गामुढा गरी सामान्य क्षति पु¥याएको प्रहरीले बताएका छन् । एमाले संसद रञ्जुकुमारी झाको राजविराज- ९ स्थित सम्पर्क कार्यालयामासमेत तोडफोड गरेका छन् ।