भारतीय एसएसवीको गोलीद्वारा एक नेपालीको मृत्युः कञ्चनपुर सिमा क्षेत्र तनावग्रस्त

आजभोलि

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भारतसँगको सिमा क्षेत्रमा भएको प्रर्दशनमा एक जना नेपालीको मृत्यु भएको छ । भारतीय सुरक्षा बल (एसएसवी) ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ । भारतीय सुरक्षा निकायको ज्यादतीको विरुद्धमा प्रर्दशन गर्दा भारतीयले सामान्य अवस्थामा गोली चलाएको स्थानीय बासिन्दाले बताएका छन् । गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ ।

कञ्चनपुरको आनन्दबजारमा लामो समयदेखि भरतीय एसएसवीले घरमा आएर दुख दिने, सुरक्षामा नानाथरी झनझट दिन गरेको स्थानीयले बताएका छन् । शान्तिपूर्ण प्रदर्शन गरिरहेका नेपालीमाथि एसएसबीले गोली चलाएको हो ।

उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्या एलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

लगत्तै एसएसवीका जवानहरु नेपालपट्टि आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव झनै बढेको छ ।

एक जना नेपालीको भारतीय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएपछि सिमा क्षेत्र तानवग्रसत भएको छ । भारतीय पक्षबाट नेपाली सिमा हस्तक्षेप तथा केटपिट हुँदै आइरहेको छ । नेपालीको मृत्यु हुँदा पनि नेपालका सुरक्षाकर्मीे कुनै चासो नदेखाएको स्थानीय बासिन्दा दुख मनाउ गरेका छन् ।

  • २६ फाल्गुन २०७३, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !