काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कञ्चनपुरको पुर्नवासमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको घटनाको भत्सर्ना गरेका छन् ।
देउवाले वक्तव्यमा भनेका छन्, गर्दै एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलकको नागरिकमाथि भारतीय पक्षको गोली प्रहारबाट मारिनु गम्भिर घटना हो । नेपाल र भारतीय पक्षहरुबीच फागुन ७ गते भएको सहमती विपरित पुर्नवासमा नगरपालिकाले बनाएको कल्भर्ट भारतीयले भत्काएपछिको घटना दुखद, खेदजनक र दुर्भाग्यपूर्ण भएको जनाएको छ ।
विवादलाई तत्काल भारतीय पक्षसँग कुटनीतिक रुपमा वार्ता गरी दोषीमाथि कारबाही बढाउन माग गरिएको छ । साथै गोविन्द गौतमको परिवारलाई क्षतिपूर्ति तथा घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेको छ । र, स्थानीय बासिन्दाको जीउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्ष समेत गराएको छ ।