कैलाली कञ्चनपुर अशान्तः पुर्नवास नगरपालिका भित्र निषेधाज्ञा

आजभोलि

काठमाडौं ।  नेपालको सिमा क्षेत्रमा भएको तनवामा भारतीय एसएसवीको गोली लागेर नेपाली गोविन्द गौतमको मृत्युभएपछिको तनावले उग्र रुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हजारौंको संख्यामा स्वतस्फूर्त रुपमा भारतविरुद्ध सडकमा उत्रको नेपालीको भीडलाई थाम्न नसकेर जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ ।

गोविन्द गौतमको शवलाई पोष्टमार्टम गर्ने भने पनि परिवार तथा स्थानीय बासिन्दाले मानेका छैनन् । तर प्रशासनले भने मृतक गोविन्द गौतमको शव पोष्टमार्टम गरेर शनिबार घर लगिने भएकाले कुनै अप्रिय घटना नहोस् भनि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

नेपाल सरकारले मृतकलाई शहीद घोषणा र राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तर जुन स्वीकार्य नभएको स्थानीय बासिन्दाले जनाएको छन् । उनीहरुले भारतले क्षतीपूर्ती माग्नु पर्ने र उक्त घटनाको बारेमा माफी माग्नु पर्ने माग अघि सारेका छन् ।

सरकारले थामथुम पार्ने प्रयास गरे पनि कैलाली कञ्चनपुर हिजो अस्ती भन्दा तानवपूर्ण बनेको छ । हजारौं युवाहरु हातमा राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिएका छन् । उनीहरुले भारतविरुद्ध चर्का नाराबाजी गरेको जनाइएको छ ।

  • २८ फाल्गुन २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !