शहीद गौतमलाई ११ तोपको शलामीः आइतवार विहान ८ बजे शब यात्रा

आजभोलि

कञ्चनपुर । सुदूरपश्चिको कञ्चनपुर जिल्लाको पुर्नवासस्थिति सुविधा नगरमा एसएसवीको गोली प्रहारबाट  मृत्यु भएका नेपाली नागरिक गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ । आइतवार उनको अन्त्यष्टि गरिने स्थानीय प्रशासनले जनाएको छ ।  

नेपाल सरकारले शुक्रवार उनलाई  शहिद घोषणा गरेको थियो । सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।उनलाई ११ तोपको सलामी दिइने भएको छ भने अन्तेष्टिमा नेपाल प्रहरीले शोक धुन बजाउने छ ।

शनिवार सेती अञ्चलअस्पतालमा उनको शव पोष्टमार्टम गरिएको छ । स्थानीय राजनीतिक दल तथा उनका आफन्तको रहोवारमा उनको पोष्टमार्टमा गरिएको हो ।

उनको आइतबार बिहान साढे ८ बजे शवयात्रा निकालिनेछ । शवयात्रापछि  दोधा नदीमा सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

  • २८ फाल्गुन २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !