भारतले धमण्ड त्यागेर माफी माग्नु पर्छ – ओली

आजभोलि

चितवन । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताउएका छन् । उनले भारतले अन्तर्राष्ट्रिय कानुनको पलना गर्नु पर्नेमा जोड दिए । भारतसँग केन्द्रीयस्तरमा वार्ता गरी उचित क्षतिपूर्ति माग्नु पर्ने बताए ।  

उनले पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने बताएका छन् ।

उनले भारतको बलियो छु, भन्ने घमण्ड हो । अर्काको सिमानामा पस्न पाइँदैन ।  खाली हात आफ्नो सिमाना रक्षा गर्दा गोविन्द गौतम देशको पछिल्लो सहिद भएको भन्दै उहाँले सच्चा नेपाली देशको रक्षार्थ ज्यानको बलिदानी दिन तयार रहेको बताए ।

सप्तरी घटनाका सन्दर्भमा कडा टिप्पणी गर्दै उहाँले सरकारले हिंसालाई प्रश्रय दिने काम गरेको आरोप लगाउनुभयो । आपराधिक तत्वहरुलाई सरकारले हिंसा नगर भन्न नसकेको भन्दै उहाँले भन्नुभयो – “हामी हिंसामा जाँदैनौँ, तर शान्तिपूर्ण कार्यक्रम रोक्न खोज्यो भने त्यसको परिणाम चर्को हुन्छ भन्न चाहन्छौँ ।”

सोही सभालाई सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सप्तरीमा पार्टीको नेतृत्व पङ्क्ति एउटै चिहानमा समाप्त पार्ने कोसिस भएको भन्दै एमालेकै संयमताका कारणले थप दुर्घटना नभएको बताए ।

उनले नेपालको स्वाधीनताको रक्षाका निम्ति नेकपा एमाले कहिल्यै पछि नपर्ने भन्दै उहाँले पार्टीको गतिविधिले जनतालाई छर्लङ्ग पारेको बताए ।

अभियान आजै मकवानपुरबाट चितवन प्रवेश गरेको हो । चितवनको सीमा लोथरमा अभियानका सहभागीलाई स्वागत गरेर गाउँगाउँबाट राजमार्गमा आएका एमाले कार्यकर्ताहरु समावेश भई ¥याली कार्यक्रमस्थल पुगेको थियो ।

  • २८ फाल्गुन २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या