पशुपतिनाथ केदारनाथको शिरोभाग-शिवपुराण

आजभोलि

भक्तपुर ।  केदारनाथको शिरोभाग पशुपति भएको दाबी विज्ञहरूले गर्नुभएको छ ।  पशुपति क्षेत्रको भूउपयोगसहित गुरुयोजना बनाउने क्रममा आयोजित बृहत् कार्यशाला गोष्ठीमा विज्ञहरूले त्यस्तो दाबी गरेका छन् । उनीहरुले केदारनाथको शिरोभाग पशुपतिनाथ भएको पुराणमा उल्लेख भएको जनाएका छन्    

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव एवं इतिहासविद् डा. गोविन्द टण्डनले हिमवत् खण्ड र शिवपुराणमा पशुपतिनाथलाई केदारनाथको शिरोभाग भनी वर्णन गरिएको दृष्टान्त प्रस्तुत गर्दै डोलेश्वरका विषयमा भइरहेको प्रचारबारे गोष्ठीको ध्यानाकर्षण गराएका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै इतिहासकार ज्ञानमणि नेपालले द्वादश ज्योतिर्लिङ्गको शिर मानेर पशुपतिनाथको दर्शन गर्नैपर्ने र केदारनाथको शिरोभाग पशुपति हो भन्ने पुराणमा वर्णन रहेको बताए।  

उहाँले कुशाणकालीन राजाहरूले पशुपतिबाहेक अरूलाई जम्ला हात जोडेर ढोग्दैनथे भन्ने लेखिएको र हर्षवद्र्धनका बाबु पुष्पभूतिले पशुपतिको पूजा नगरी भोजन गर्दैनथे भन्ने पशुपतिनाथको महिमाको वर्णन गरे।  

यसैगरी डा। रुद्रप्रसाद मिश्रले यजुर्वेदको अध्याय प्रस्तुत गर्दै भगवान् पशुपति अनादि, ज्ञानैकगम्य र ब्रह्मतत्व हुनुहुन्छ भन्नुभयो ।  भगवान् शिवको मन्त्रमय पाँच विग्रह सद्योजात, वामदेव, अघोर, तत्पुरुष तथा ईशान नामले प्रसिद्ध रहेको र यी मन्त्रमय विग्रहको चर्चा कृष्ण यजुर्वेदीय तैत्तिरीय शाखाको आरण्यकमा उल्लेख भएको बताए ।

तीन दिनसम्म चलेको कार्यशाला गोष्ठी सोमवार समापन भएको छ ।  २६४ हेक्टर जमिनमा फैलिएको पशुपति क्षेत्रलाई समस्त हिन्दूको गन्तव्यधाम र पर्यटकका लागि रमणीय स्थल बनाउन त्यहाँका पुरातात्विक मूर्त अमूर्त सम्पदालाई के कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा इतिहास, धर्म संस्कृति, पुरातत्व, वास्तुविद् तथा विश्व सम्पदा क्षेत्रमा कार्यरत विज्ञले आ–आफ्ना राय प्रस्तुत गररेका छन् ।

  • १ चैत्र २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !