मधेशी मोर्चालाई पनि निर्वाचनमा ल्याउन संविधान संशोधन आवश्यक – कांग्रेस

आजभोलि

मधेशी मोर्चालाई पनि निर्वाचनमा ल्याउन संविधान संशोधन आवश्यक – कांग्रेस

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा मधेशी मोर्चालाई सहभागी गराउनका लागि संविधान संशोधन गर्नु जर्ने निश्कर्ष निकालेको छ  । उसले निर्वाचन र संविधान संशोधन प्रस्तावलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएको छ । मधेशी मोर्चालाइ बाहिर राखेर निर्वाचनमा जान नहुने बताएको छ ।

काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान संशोधनमार्फत निर्वाचनमा सबैले सहभागी हुने वातावरण बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले तराई–मधेसबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदसँग संविधान संशोधनलगायत समसामयिक राजनीतिक घटनाका सम्बन्धमा विश्लेषण गरी उक्त निष्कर्ष निकालेको पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

बैठकले यही चैत १० गते पार्टीको केन्द्रीय समितिको बैठक गर्ने निर्णयसमेत गरेको छ । बैठकमा संशोधन प्रस्तावलाई तार्किक निष्कर्षमा पु¥याएर राजनीतिक समस्या समाधान गर्न पार्टीले नेतृत्व लिने विषयमा छलफल भएको नेता फरमुल्ला मन्सुरले बताए । ।

  • १ चैत्र २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !