भारतीय पक्षले पुर्नवास घटनामा भएको गल्तीको माफी माग्नु पर्ने गृहमन्त्री निधीको अडान

आजभोलि

भारतीय पक्षले पुर्नवास घटनामा भएको गल्तीको माफी माग्नु पर्ने गृहमन्त्री निधीको अडान

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट कञ्चनपुरको पुनर्बासका गोविन्द गौतम मारिएको घट्नामा गल्ती स्वीकार ९रिग्रेट० गर्न भारतीय पक्षलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसंगको भेटवार्ताका क्रममा निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट नेपाली मारिएको प्रसंग उठाउँदै भारत सरकारलाई यसमा ‘रिग्रेट गर्न आग्रह’ गरेका हुन् । आतंकवाद सम्वन्धी एक सम्मेलनमा भाग लिन आएका निधी यतिवेला भारतीय अधिकारी तथा नेताहरुसंगको भेटघाटमा व्यस्त छन् । उनले नेपालको अनुसन्धानले गोली भारतिय सुरक्षाकर्मीबाट नै चलेको देखिएको डोभललाई जानकारी गराएका थिए ।

प्रत्युत्तरमा डोभलले घटना दुस्खदायी भएको बताएका थिए । ‘हाम्रो अनुसन्धानले गोली भारतीय पक्षबाट नै चलेको देखाएको छ । त्यसमा भारतीय पक्षले रिग्रेट गर्नुपर्छ भनेको छु,’ भेटघाटपछि निधीले कान्तिपुरसंग भने । निधिले भारतिय पक्षले मागे अनुसार गौतमको पोष्टमार्टम रिपोर्ट उनीहरुलाई उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको बताए ।

‘हामीले गृह र परराष्ट्र हुँदै रिपोर्ट भारतलाई पठाउने प्रक्रिया सुरु गरिसकेका छौ,’ उनले भने । निधिले आफू नयाँ दिल्लीमा हुँदै पोस्टमार्टम रिपोर्ट भारतलाई दिन लागिपरेका उनले बताए । भारतले भने घटनाको अनुसन्धानपछि मात्र केही भन्न सकिने वताएको छ ।

भारतले यस अघि नै घट्नाबारे आफ्नो तर्फबाट छानबिन शुरु भएको वताएको थियो । निधि र डोभलबीचमा दुई देशको सीमामा रहेका समस्या समाधान गर्ने विषयमा समेत कुराकानी भएको थियो । निधिले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसंग भेटघाट गर्ने तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग समेत भेटघाट गर्ने भनिए पनि समय तय भईसकेको छैन् ।

यो खरब हामीले आजको कान्तिपुरबाट लिएका हौ।

  • ३ चैत्र २०७३, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !