गौतम हत्या एसएसबीद्वारा भएको पुष्टिः फरेन्सिक रिपोर्ट भारतलाई दिइयो

आजभोलि

काठमाडौं । कञ्चनपुरको पुर्नवासमा मारिएका गोविन्द गौतमको मत्यु भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट भएको पष्टि भएको छ । नेपाल प्रहरीले तयार गरिएको फरेन्सिक रिपोर्टमा उनको मृत्यु एसएसबीको गोलीबाट नै भएको प्रमाणित भएकोे छ । यस रिपोर्ट अनुसार अब भारतले गौतम परिवारलाई श्रतपूर्ति तथा नेपालसँग माफी माग्नका लागि मार्ग प्रशस्त गरेको छ ।  

भारतले माग गरे बमोजिम नेपाल सरकारले फरेन्सिक रिपोर्ट परराष्ट्र मन्त्रालयमार्फत काठमाडौंस्थित भारतीय दूताबासलाई उपलब्ध गराएकोछ । भारतीय हस्तक्षेपविरुद्ध उत्रिएका नेपालीहरुमाथि फागुन २६ मा एसएसबीले चलाएको गोली लागेर गौतमको निधन भएको थियो ।

दोषीमाथि कारबाही गर्नु पर्ने माग उठेपछि भारतले यसबारे छानविन गर्ने भन्दै फरेन्सिक रिपोर्ट दिन माग गर्दै आएको थियो । गृह मन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरीको ल्याबबाट गरिएको परीक्षणमा गौतमलाई लागेको गोली एसएसबीकै भएको पुष्टि भएको छ ।

गृहमन्त्री भारत भ्रमणमा रहेको बेला पनि भारतीय सँग कञ्चपुर घटनाको बारेमा कुराकानी गरेको जनाइएको छ । र, भारतले उचित छानविन गर्ने प्रतिबद्धता जनाएको श्रोतले दाबी गरेको छ ।

  • ३ चैत्र २०७३, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !