अस्मिता खड्का, काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत १० बस्ने जनाइएको छ । बैठकमा पार्टी भित्रको मनोनयन, स्थानीय निकाय तथा राष्ट्रिय राजनीतिको बारेमा छलफल हुने जनाइएको छ । साथै, राजदूत नियुक्ति, पदाधिकारी चयन र पार्टीको विभाग गठनको बारेमा पनि कुरा उठ्ने छ ।
बैठकमा संविधान संशोधन, आशन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षद्वारा विगतमा वारम्वार पार्टी सभापति शेर बहादुर देउवालाई ध्यानाकर्षण गरिएको थियो । उनीहरुले पार्टी भित्रको मनोमानी रोक्नु पर्ने र वैचारिक पक्ष कमजोर भएको लगायतका विषयमा असहमती जनाउँदै आइरहेका छन् । पार्टीको महाधिवेशन भएको एक वर्षसम्म पनि पदाधिकारी, बाँकी सदस्य मनोनयन र विभाग गठन नभएकामा नेतृत्वको आलोचना हुदै आएको छ । तर पार्टी भापति देउवा भने पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ ।
पौडेल र देउवा पक्षका आ आफ्नै दाउ रहेका छन् । देउवा पक्ष केही निर्णय नगरी बैठकलाई सामान्य तरिकाले पार लगाउने पक्षमा देखिएका छन् भने पौडेल पक्षधर नेताहरु ठोस निर्णय गर्ने पक्षमा रहेका छन् ।