बोष्टनमा धुर्मुस–सुन्तली फाउण्डेशनलाई जुट्यो झण्डै १२ हजार डलर

आजभोलि

बोष्टन । धुर्मुस–सुन्तली फाउण्डेशनलाई बोष्टनबासी नेपालीबाट झण्डै १२ हजार डलर संकलन भएको छ ।  फाउण्डेशनले महोत्तरीको बर्दिवास रहेको मुसहरहरूका लागि निर्माण गरिरहेको अावासमा सहयोग पुर्याउन सो रकम संकलन गरिएको हो ।

बोस्टन नगरको वेष्टरक्सवेरीस्थित हिमालय विस्त्रोमामा धुर्मुस–सुन्तली फाउण्डेशन सहयोग कार्यक्रमा सो रकम संकलन गरिएको छ । आईतबार साँझ भएको कार्यक्रमा बोस्टनबासी तथा कनेक्टिकटबासी समेतले चन्दा दिएको लेखक तथा साहित्यकार शिवप्रकासले जानकारी दिए । अझै केही व्यक्तीले रकम सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको बताउँदै उनले सहयोग रकम बढ्ने विश्वास व्यक्त गरे ।

चन्दा सहयोगका लागि बोस्टन र आसपास क्षेत्रमा बस्ने नेपालीहरूलाई कार्यक्रममा आउन र आफूले सकेको सहयोग गर्न सामाजिक सञ्जाल, फोन र व्यक्तिगत सम्पर्कमार्फत जानकारी गराइएको थियो ।

उनकाअनुसार यो कार्यक्रमबाट उठेको सबै रकम धुर्मुस–सुन्तलीले महोत्तरीको बर्दिवासमा बनाउन लागेको एकीकृत नमूना मुसहर बस्तीका लागि तुरुन्त पठाइने छ।

आगामी बैशाख १ गते सम्बन्धित घरधनीलाई साँचो बुझाउने तयारीसहित बर्दिबासका मुसहरहरूलाई ५० अोटा घरको निर्माण कार्यको लागि सहयोग जुटाउन कार्यक्रम अायोजना गरिएको शिवप्रकाशले जानकारी दिए ।

सो कार्यक्रममा धुर्मुस–सुन्तली फाउण्डेशनद्धारा तयार गरिएको मुसहर बस्ती निर्माण सम्बन्धी बृत्तचित्र प्रदर्शन गरिएको थियो भने कार्यक्रमका सहभागीहरुको मनोरञ्जनका लागि हिमालयन हेरिटेज कल्चरल एकेडेमीको सांगीतिक प्रस्तुति गरेको थियो ।

कार्यक्रममा हल तथा डिनरको व्यवस्था हिमालयन बिस्त्रोले गरेको थियो ।

  • ७ चैत्र २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !