गाउँ पालिकाको भवन निर्माणका लागि ५ वर्ष लाग्नेः नयाँ अफिस संचालनमा काठीनाई

आजभोलि

काठमाडौं। नेपाल सरकारद्वारा घोषणा गरिएको नयाँ ६ सय ८६ वटा गाउँपालिका तथा  नगरपालिका भवन निर्माण गर्न कम्तिमा ५ वर्ष लाग्ने भएको छ । अहिले नयाँ घोषणा गरेका गाउँ पालिका तथा नगरपालिकाहरुको भवन छैनन् । अहिले पुरानै संरचनामा काम गरिहेका छन् ।

विगतमा ५८ नगरपालिका नगरपालिकाका आफ्नै भवन भए पनि अरुको छैन् ।  सरकारले गत तीनवर्ष अघिदेखि घोषणा गरेका १५९ वटा नगरपालिकाको बजेट र जग्गाको अभावमा   अहिलेसम्म कुनै भौतिक पूर्वाधार निमाण गर्न सकेको छैन । अब पुनः सरकारले एकै पटक ६८६ गाउँपालिका र  नगरपालिकाको भौतिक पूर्वाधार निर्माण गर्न साधन र स्रोतको सहज उपलब्धता र दक्ष जनप्रतिनिधि निर्वाचित हुँदा  न्यूनतम पाँच वर्षसमय लाग्ने सम्बन्धित क्षेत्रका विज्ञहरूको अनुमान छ ।

पूर्व स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेल गाउँपालिका र नगरपालिकाको न्यूनतम भौतिक पूर्वाधार निर्माणका लागि भवन, सडक, पुल, खानेपानी, यातायात, फोहोर व्यवस्थापन, सञ्चार शिक्षा, स्वास्थ्य लागयतका पूर्वाधार निर्माणका लागि दक्ष जनशक्ति निर्वाचित हुने हो भने न्यूनत्तम पाँच वर्ष समय लाग्ने बताउहुन्छ ।
आयोगले गाउँपालिका वा नगरपालिकाको केन्द्र तोक्दा पुराना गाविस पाएक पर्ने भए उक्त गाविस भवन भएको स्थानमा केन्द्र तोकेको र त्यो संभव नभएका स्थानमा नयाँ स्थानमा केन्द्र निर्धारण गरिएको छ ।

सहजरुपमा पूर्वाधारको विकास गर्न सकिने स्थानमा केन्द्र तोकिए पनि कतिपय भौतिक पूर्वाधार शून्यस्त्तरबाट शुरुवागत गर्नुर्ने स्थानमा भने पाँच वर्षमा पूर्वाधार निर्माण गर्न संभवन नहुने तर्क उहाँको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार सरकारले शुक्रवार प्रति स्थानीय तह एक करोड रुपियाँका दरले ७४४ वटै स्थानीय तहलाई रकम दिने घोषणा गरिसकेको छ । सो रकममध्ये २० लाख पुँजीगत तर्फ र ८० लाख कार्यलय स्थापनाका लागि प्रदान गरिए पनि रकम अत्यन्तै न्यून भएको बताए । ।

  • ७ चैत्र २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !