के तपाई सुन्दरता र प्रतिभा छ ? मिस नेपालका लागि भर्ना खुल्यो

आजभोलि

काठमाडौं।   सन २०१७ का लागि मिस नेपालमा भाग लिन भर्ना खुलेको छ । आवेदनपछि छनौट प्रकृया अगाडि बढ्ने जनाइएको छ । र, यसबाट छनौट भएकाले मिस वल्र्डमा भाग लिन पाउने जनाएको छ ।

द हिडेन ट्रिजरले मिस नेपाल-२०१७औँ संस्करणको घोषणा गरेको छ ।  सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जेठमा प्रतियोगिता आयोजना गरिने जानकारी दिइएको छ ।

मिस नेपालको विजेताले सन् २०१७ सम्पन्न हुने मिस वल्र्डमा सहभागिता जनाउन पाउने छ ।  त्यसैगरी प्रथम उपविजेता र द्वितीय उपविजेताले मिस अर्थ र मिस इन्टरनेसनल र यसै वर्ष आयोजना हुने मिस एसिया प्यासिफिक इन्टरनेसनलमा प्रतिनिधित्वको अवसर प्राप्त गर्नेछन् ।

आयोजकका अनुसार, चैत अन्तिमबाट नेपालका प्रमुख सहरहरूबाट प्रतियोगीहरूको छनोट गरिने छ ।  छलफल तथा अन्तर्वार्ताको माध्यमबाट प्रतियोगीहरूको छनोट गरिने आयोजक ट्रेजरले जनाएको छ ।  छानिएका २० देखि २५ जना अन्तिम प्रतियोगीहरूलाई व्यक्तित्व विकाससम्बन्धी छ हप्ताको प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।  प्रतियोगितामा १९ वर्षदेखि २४ वर्ष उमेर, ५।४ फिटमाथिको  उचाइ भएको नेपाली युवतीले भाग लिन सक्नेछन् ।

  • ९ चैत्र २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !