संसदीय सुनुवाई समितिले १२ जना राजदूतको नाम अनुमोदन

आजभोलि

काठमाडौं । नेपाल सरकारले सिफारिस गरेको १२ देशका राजदूतहरुको नाम संसदीय सुनुवाइ विशेष समिति अनुमोदन गरेको छ । तीन दिनसम्म चलेको सुनुवाई समितिले यी नामहरु पारित गरेको  हो । सबै नामहरु सर्वसम्मतले पास गरेको हो ।

समितिले अनुमोदन सम्बन्धी पत्र बुधबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ । समितिले सोमवार अस्टे«लियाका लागि प्रस्तावित राजदूत लक्की शेर्पाको सुनुवाइ गरेको थियो ।

मंगलबार निरञ्जनकुमार थापा, शर्मिला पराजुली ढकाल, रमेश कोइराला, अर्जुन जंगबहादुर सिंह, प्रतिभा राणा र युवनाथ लम्सालको सुनुवाइ गरेको थियो । र, बुधवार प्रस्तावित राजदूतहरु भीम उदास, डा. चोपलाल भुसाल, प्रा. डा. विश्वम्भर प्याकुरेल, प्रा. डा. महेन्द्र सिंह, र पदम सुन्दासको सुनुवाइ गरेको हो ।

सिफारिसमा परेकामध्ये कतार, ओमन र इजरायलका लागि प्रस्तावित तिन राजदूतविरुद्ध चारवटा उजुरी दर्ता भएका थिए । सरकारले कतारमा रमेश कोइराला, ओमनमा शर्मिला पराजुली ढकाल र इजरायलका लागि निरञ्जन थापालाई राजदूतमा सिफारिस गरेको  थियो । कतारका लागि प्रस्तावित राजदूत कोइरालाविरुद्ध एक उजुरी परेको थियो ।

सुरक्षित आप्रवासनसम्बन्धी काम गर्ने एक संस्थाले उजुरी दर्ता गरेको थियो । कोइरालाको सम्बन्धित देशमा व्यावसायिक स्वार्थ जोडिएको भन्दै सिफारिस अस्वीकृत गर्न उजुरीमा माग गरिएको थियो ।

ओमनका लागि सिफारिस पराजुलीविरुद्ध दुई वटा उजुरी दर्ता भएका थिए । पराजुलीको व्यावसायिक स्वार्थ जोडिएको आरोप उजुरीमा छ । यस्तै, उहाँका श्रीमान्को नाममा दर्ता रहेको फ्लोरिड ह्युमन रिसोर्सेजसँग मिलेर काम गर्ने गरेकोलगायतका आरोप थिए ।

यस्तै, इजरायलका लागि सिफारिसमा परेका थापाविरुद्ध एक उजुरी दर्ता भएको थियो ।  मल्लिक आयोगले कारबाही सिफारिस गरेका व्यक्ति भएकाले मर्यादित कूटनीतिक क्षेत्रमा थापाको नियुक्ति उपयुक्त नभएको उजुरीकर्ताको ध्यानाकर्षण थियो । तर, समितिले प्राप्त उजुरीमा उजुरीकर्तासँगको छलफलपछि पदाधिकारीको सुनुवाइमा चित्त बुझाउदै नाम अनुमोदन गरेको हो ।

मन्त्रिपरिषद्को फागुन ९ गतेको बैठकले १४ देशका लागि राजदूत सिफारिस गरे पनि विवादपछि युएईका लागि प्रस्तावित आशा लामा र स्पेनका लागि प्रस्तावित भरत रायमाझीबाहेक १२ राजदूतको सुनुवाइ प्रक्रिया अगाडि बढाउन समितिमा पत्राचार गरेको थियो ।

  • ९ चैत्र २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !