स्वास्थ्य मन्त्री थापा शिविर स्थलमा, ७७ जनाको शल्यक्रिया

आजभोलि

 रौतहट । स्वास्थ्य मन्त्री गगनकुमार थापा नेपाली नागरिकलाई आफनै मुलुकमा पर्याप्त र गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यका साथ आफू लागि परेको बताउनु भएको छ । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटको गौरमा भईरहेको निःशुल्क साताव्यापी सघन स्वास्थ्य शिविर अबलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पर्याप्त स्वास्थ्य सेवा नभएर नै शिविरमा भिड भएको बताउनु भयो ।

स्वास्थ्य मन्त्री थापाले अस्पतालको सुदृढिकरणको लागि देशैभरी थप कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिनुभयो । चिकित्सक तथा स्वास्थ्यकर्मी, औषधी र उपकरणहरु गाउ गाउ पठाई सकिएको बताउदै उहाँले आकस्मिक शल्यक्रिया सहितको सेवा जिल्ला अस्पतालबाट सुरु गराउन लागिएको उल्लेख गर्नुभयो ।

गत ८ गते देखि सुरु भएको निशुल्क सघन स्वास्थ्य शिबिरमा पाठेघरको समस्या, हाइडोशील, हर्निया, फेस्टुला, बासिर, भगन्दर लगायतका रोगहरुको शल्यक्रिया मार्फत् उपचार सेवा दिइएको छ । शुक्रबार सम्म ४२४९ जनाको स्वास्थ्य परिक्षण गरिएको छ भने ७७ जनाको शल्यक्रिया गरिएको छ ।

शुक्रबार मात्रै ४०३ जना पुरुष र ४२४ जना महिला गरी ८२७ जनालाई स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधी पनि वितरण गरिएको नेपाली सेनाका कर्नेल दिपक अधिकारीले बताउनुभयो । उहाँका अनुसार शुक्रबार २५ जनाको शल्यक्रिया गरिएको छ । सुरुमा विहान ९ बजेदेखि बेलुका पाँच बजे सम्म मात्रै शिविर संचालन गर्ने भनिएपनि अत्याधिक भिड भएपछि विहान ७ बजेदेखि बेलुका ५ बजे सम्म स्वास्थ्य परिक्षण गरिएको छ भने शल्यक्रिया बेलुकी १० बजे सम्म पनि हुने गरेको उहाँले बताउनु भयो ।

शिविरमा एक दर्जन भन्दा बढी जिल्लाका बासिन्दा र केही भारतीय नागरिकहरु समेत आएका छन् । उहाँका अनुसार स्वास्थ्य मन्त्रालय र नेपाली सेनाका गरी ३० जना चिकित्सक सहित एक सय भन्दा बढी स्वास्थ्यकर्मीहरु शिविरका लागि खटिएका छन् ।

आगामी १४ गते सोमबार सम्म हुने शिविरमा स्वास्थ्य शिविरमा मोवाइल हस्पीटल मार्फत् ५० बेड क्षमताको अस्पतालले दिने सुविधा दिइएको छ भने विभिन्न सरकारी अस्पतालका श्रोतसाधनहरुको पनि प्रयोग गरिएको छ ।

  • १२ चैत्र २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !