योजनामा भागवण्डा भएको भन्दै राप्रपा आन्दोलित

आजभोलि

देवेन्द्र प्रसाद यादव, रौतहट  । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला शाखा रौतहटका पदाधिकारीहरुले  विकास योजनाको रकम भागवण्डा बन्द गर्नका लागी विरोध जुलुस प्रर्दशन गरेको छ । राप्रपाको कार्यालयबाट निस्केको विरोध जुलुस नगर परिक्रममा गर्नेमा भ्रष्ट स्थानीय विकास अधिकारी मुर्दावाद , भ्रष्ट कार्यकारी अधिकृत मुर्दा वाद ,घुषखोरी बन्द गर, वजेट वाँडफाँट बन्द गर, निर्वाचन आचार संहिता पालना गर जस्ता अनेकौ नारा लगाउदै राप्रपाका पदाधिकारी तथा कार्यकर्ताहरुले सदरमुकामका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए ।
साँधु, सन्त पनि जुलुसमा सहभागी रहेको थियो ।यसै क्रममा राप्रपा कार्यालयमा भएको कोण सभामा जिल्ला अध्यक्ष सत्येन्द्र कुमार सिहले बैशाषमा हुने स्थानीय तहको निर्वाचन हुने भएकोले अहिले विकास रकम भागवण्डाले निर्वाचनमा असर पर्ने भएकोले अविलम्ब भागवण्डा बन्द गर्न सम्बन्धित निकाससँग जोडदार माग गरेको छ ।

विकास योजनाको उपभोक्ता समिति गठनमा व्यापक अनियमितता रहेको उनले बताएका थिए । कानुन बमोजिम प्रत्यक्ष लभान्वित उपभोक्तालाई उपभोक्ता समितिमा नराखी राजनैतिक दवावमा अप्रत्यक्ष उपभोक्तालाई समितिमा राखेको उनले आरोप लगाए । संसदीय विकास कोष देखि जिविस अनुदान तथा जिविसको कोषको रकम व्यापक दुरुपयोग भएकोले स्थानीय विकास अधिकारी उमेश वस्नेत माथि कार्यवाहीको माग गरे ।

विकास निर्माण गर्न अहिले आवश्यक हुने योजनालाई टेन्डरद्धारा विकास निर्माण गराउनु पर्ने उनले आफनो धारणा राखेका थिए । त्यसै गरी आजै भागवण्डा बन्द गर्न स्थानीय विकास मन्त्रालयमा लिखित उजुरी पठाएको उनले बताए ।

  • १२ चैत्र २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !