न्यु मिलेनियमका विद्यार्थी अमेरिकन युनिभर्सिटी पढ्न पाउने

आजभोलि

दमौली । राजधानीको न्यु मिलेनियम कलेज धुम्बाराहीले अमेरिकी प्रसिद्ध विश्विद्यालय युनिभर्सिटी सेन्ट्रल मिसौरीसँग विद्यार्थी आदानप्रदान सम्झौता गरेको छ । विज्ञान, व्यवस्थापन तथा शिक्षा संकायमा पठनपाठन सञ्चालन भैरहेको कलेजले राजधानीमा आईतबार एक कार्यक्रम गरी अमेरिकी विश्वविद्यालयमा आफ्ना विद्यार्थीलाई छोटो तथा लामो समयका लागि अध्ययन गर्न जान पाउने गरी सम्झौता गरेको हो ।

कलेजका प्रिन्सिपल सांग्पो लामा र युनिभर्सिटी सेन्ट्रल मिसौरीका प्रतिनिधि डा. एलिस ग्रेइफेले होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक दीपकराज जोशी तथा विश्वविद्यालयका प्राध्यापक केशव भट्टराई पनि कार्यक्रममा उपस्थित थिए ।

यससँगै कलेजका विद्यार्थी विश्वविद्यालयमा थप अध्ययनका लागि जान बाटो सहज भएको छ । विश्वविद्यालयका विद्यार्थी समेत थप अध्ययनका लागि कलेजमा आउने अवसर सम्झौताले दिलाएको कलेजका प्रबन्ध निर्देशक जोशीले बताए ।

विश्वविद्यालय तथा कलेजले विभिन्न अनुसन्धान तथा शैक्षिक प्रक्रियामा पनि आपसमा सहकार्य गर्ने उनले बताए ।

दुवैले एक अर्काका विद्यार्थीलाई इन्टर्नसिप तथा सांस्कृतिक आदानप्रदानमा पनि सहभागी गराउने अवसर मिलाउने छन् । नेपाली एक कलेजको यो ठूलोस्तरको सम्बन्ध भएको र यसबाट विद्यार्थी धेरै लाभान्वित हुने विश्वास गरिएको छ ।

  • १३ चैत्र २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !